शान्ति र सम्मृद्धिका लागि एसिया भ्रमणमा युवा
काठमाडौं । संयुक्त युवा संगठनले शान्ति र सम्मृद्धिका लागि युवाहरुलाई एसिया भ्रमणमा लैजाने भएको छ । पर्यटन प्रबद्र्धनसमेत गरिने यो भ्रमणमा १३ जना युवा सहभागी हुने छन् ।
ती युवाले मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेशिया र कम्बोडियाको भ्रमण गर्नेछन् । युवा टोलीको नेतृत्व संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराईले गर्ने छन् ।
नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ‘नाट्टा’, स्कलर प्लानेट, बोन ट्राभल्स एन्ड टुर्स, युथ युनेस्को क्लब, पाथीभरा देवी ट्राभल्स एण्ड कार्गो, खुशी कन्सल्टेन्सी र ग्यास्ट्रो पबले यो भ्रमणलाई सहयोग गरेका छन् ।
भ्रमणमा जानेहरुमा संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराई, बिनोद कुमार सिंह, गणेश मल्ल ठकुरी, सचिन अधिकारी, बिनोद पुन, अल्जिना राउत, रिता श्रेष्ठ, शुकबहादुर दमाई, ललित नेपाली, सपना सिमल, दिनेशकुमार लो, सम्झना परियार, अस्मिता लामिछाने, उमेशकुमार श्रेष्ठ छन् ।
यही फागुन २४ गतेबाट शुरु हुने यो १४ दिने यो भ्रमण मलेसियाबाट शुरु भएर चैत ८ गते थाइल्यान्डमा पुगेर सकिने संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए । भ्रमणका क्रममा युवाहरुलाई सम्बन्धित देशका विश्वविद्यालयका पदाधिकारी, त्यहाँका युवा तथा गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायत छलफल र विचार आदानप्रदानको व्यवस्था मिलाइएको छ । संगठनले यसअघि पनि पर्यटन प्रबद्र्धनका लागि ७ देशको भ्रमण गराइसकेको महासचिव महेश पाण्डेले बताए ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












