प्रभु इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा,महिला कर्मचारीले मात्र सेवा दिने
काठमाडौं । प्रभु इन्स्योरेन्सले काठमाडौँमा ‘न्यू कन्सेप्ट’ सहितको नयाँ शाखा विस्तार गरेको छ । सो शाखामा सबै महिला स्टाफहरुमात्रै हुनेछन् ।
तत्कालका लागि सो शाखामा पाँच जना महिला कर्मचारी रहनेछन् । महिलाहरुका लागि पनि विशेष अवसर सृजना गर्ने उद्देश्यले महिलामात्रै कर्मचारी रहने गरी काठमाडौँको न्यूरोडमा नयाँ शाखा खोलिएको प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बताए ।
प्रभु इन्स्योरेन्सले यो बिलकुल नयाँ अवधारणासहितको शाखा विस्तार गरेको हो । हालसम्म बैंकिङ क्षेत्रमा कुनै पनि यस्तो कार्यालय छैन, जहाँ हाकिमदेखि पियनसम्म महिला कर्मचारीमात्रै छन् ।
न्यूरोड, खिचापोखरीमा खुलेको काठमाडौँका लागि पहिलो तथा समग्रमा २० औँ शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चीरञ्जीवी चापागाईले गरे ।
नयाँ शाखाको उद्घाटन गर्दै समिति अध्यक्ष चापागाईले प्रभु इन्स्योरेन्सले बढीभन्दा बढी नागरिकमा बीमा सेवा पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरे । बीमा क्षेत्रमा देखिएका चुनौतिहरु सबैले मिलेर सामना गर्नुपर्नेमा जोड दिँदै उनले बीमा समिति, सम्बन्धित कम्पनी तथा सरोकारवाला सबै मिलेमात्र बीमामा बढीभन्दा बढी नागरिकलाई बीममा सहभागी गराउन सकिने बताए ।
प्रभु इन्स्योरेन्सका सीईओ बज्राचार्यले केही वर्षअघिको तुलनामा अहिले बीमा गर्ने मानिसहरुको संख्या बढेपनि प्रतिशतमा बढ्न नसकेको बताए । अझै पनि ५÷७ प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा हुनु विडम्बनाको विषय भन्दै उनले प्राथमिक शिक्षाको पाठ्यक्रममै बीमालाई समेटिनुपर्नेमा जोड दिए ।
पछिल्लो समय काठमाडौँस्थित तीनकुनेमा रहेको केन्द्रीय कार्यालयमा चाप बढेपछि कम्पनीले व्यापारिक केन्द्र न्युरोडमा नयाँ शाखा विस्तार गरेको हो ।
प्रभु इन्स्योरेन्स नेपालको अब्बल र बलियो इन्स्योरेन्स कम्पनीका रुपमा परिचित छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३८ करोड ५० लाख रुपैयाँ छ । केही समयपछि २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने कम्पनीको तयारी छ । त्यसपछि कम्पनीको चुक्ता पुँजी ५७ करोड रुपैयाँ नाघ्ने छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












