पत्रकार महासङ्घ धनुषा अध्यक्षमा अनिल मिश्र पुनः विजयी
महेन्द्रनगर (धनुषा), १८ फागुन । नेपाल पत्रकार महासङ्घ धनुषाको अध्यक्ष पदमा अनिल मिश्र पुनःदोस्रो पटक निर्वाचित हनुभएको छ ।
मिश्रले ७० मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नवलकिशोर यादवले ५६ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा धर्वेन्द्र झाले ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी वीरेन्द्र रमणले ५३ मत प्राप्त गर्नुभएको थियो भने उपाध्यक्षका अर्का उम्मेदवार घनश्याम मिश्रले ३५ र दीपेन्द्र सिंहले २६ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी महिला उपाध्यक्षमा मनिका झा, सचिवमा पुरण साह रौनियार, सहसचिवमा नवीन सिंह, समावेशी सचिवमा अकुल साह र कोषाध्यक्षमा अवधेश कामत निर्वाचित हुनुभएको छ भने महिला कोटाको सदस्यमा प्रतिभा झा मधेसी सदस्यमा फुलगेन मुखिया , जनजाति सदस्यमा अर्जुन मण्डल तथा खुल्ला सदस्यहरुमा नेहा झा, जयंत ठाकुर, नीरन्जन साह, बबलु चौधरी, दीपेश मल्लिक, गोविन्द महतो, चयन हुनु भएको छ ।
त्यस्तै रसुवाको तेस्रो जिल्ला अधिवेशनले हेमनाथ खतिवडाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
निर्वाचन अधिकृत ऋषि अधिकारीका अनुसार उपाध्यक्षमा प्रेमप्रसाद पौडेल र महिला उपाध्यक्षमा अनु शर्मा, सचिवमा सीमा तामाङ, कोषाध्यक्षमा सूर्यबहादुर थोक्रा, सहसचिवद्वयमा प्रभाकर अधिकारी(खुला) र कमल तामाङ (समावेशी) रहनुभएको छ । त्यस्तै खुला सदस्यमा सरस्वती न्यौपाने, पूर्णिमा स्याङ्वा, विश्वास नेपाली, महिलातर्फ लक्ष्मी थापा मगर, दलिततर्फ झरना नेपाली र जनजातितर्फ कविता स्याङ्वा रहनुभएको छ ।
अधिवेशनले केन्द्रीय सभासद्मा बलराम घिमिरे, निराजन पौडेल, हरिप्रसाद गजुरेल, विजया तिवारी र दीपक लामा तथा
प्रदेश सभासद्मा राकेश लामा, ठाकुरप्रसाद अधिकारी, हिमनाथ देवकोटा, पविना स्याङ्वा, सरिता लामिछाने र कमला तामाङलाई
चयन गरेको छ ।
धादिङ– महासङ्घ धादिङको मङ्गलबार सम्पन्न आठौँ महाधिवेशनबाट बहुमतले नवराज छतकुली ९६ मत प्राप्त गरी पुनःअध्यक्षमा निर्वाचित हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी पोषनाथ अधिकारीले ८९ मत प्राप्त गर्नुभएको थियो । कुल मतदाता एक सय ९४ रहेकामा एक सय ८७ जनाले मतदान गरेका थिए । नेपाल प्रेस युनियन र प्रेस सेन्टरबीच तथा प्रेस चौतारी नेपाल तथा प्रेस सोसाइटीबीच गठबन्धन भई चुनावी प्रतिस्पर्धा गरेका थिए ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












