दाङमा स्थानीय चुनावको चहलपहल बढ्यो
दाङ, १९ फागुन । निर्वाचनको घोषणसँगै जिल्लामा निर्वाचनका लागि तयारीमा अधिकांश राजनीतिक दल आन्तरिक आन्तरिक तयारीमा लागेका छन् । जिल्लामा स्थानीय निकाय निर्वाचनको चहलपहल बढेकाले आम नागरिकमा उत्साह बढेको पाइएको छ ।
गाउँका राजनीतिकर्मी, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस हुन थालेको छ । जिल्लामा क्रियाशील नेपाली काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, राप्रपालगायतका सैब दलले चुनावी तयारीअन्तर्गत घरदैलो, विभिन्न समिति गठनदेखि जनतालाई जगाउने काममा लागेका छन् ।
बीस वर्षदेखि भोट हाल्न नपाएर पर्खिएर बस्नुपर्ने अवस्था अब अन्त्य हुने स्थानीय समाजसेवी दलवीर वलीले बताउनुभयो ।
स्थानीय निर्वाचनले जनप्रतिनिधि विहीन अवस्था अन्त्य हुने, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने बृद्ध रामबहादुर केसीको भनाइ छ ।
“स्थानीय तहको निर्वाचनको चहलपहल सुरु भइसकेको नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले बताउनुुभयो ।
स्थानीय तहको निर्वाचन नै विकास र समृद्धिको आधार गाउँबाट सुरु हुने भएकाले सबै यो अभियानमा लागिसकेका छन् भन्नुहुन्छ सभापति खड्का ।
त्यसैगरी नेकपा ९एमाले० ले पनि चुनावी अभियानमा लागिसकेको जिल्ला अध्यक्ष टीकाराम खड्काको भनाइ छ । “हामीहरुले घरदैलो कार्यक्रम सुरु गरिसकेको छौँ चुनावका लागि जनतालाई जगाउने काम सुरु गरेका छौँ ” उहाँले भन्नुभयो, “विभिन्न स्थानमा कार्यकर्ता भेटघाट भ्रातृ सङ्घ सङ्गठनको गठन र प्रशिक्षण कार्यक्रम सुरु भइसकेको छ । ”
नेकपामाओवादी केन्द्रले पनि चुनावको तयारीका लागि विभिन्न स्थानमा भेटघाट, सङ्गठन विस्तारमा लागेको जनाएको छ । त्यस्तै राप्रपा पनि चुनावको तयारी गरेको उल्लेख गरेको छ ।
राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले दुई पार्टीको एकतापछि विभिन्न तहमा सङ्गठन निर्माणमा लागेको र चुनावको तयारीमा पार्टी होमिएको बताउनुभयो । हाल जिल्लाका विभिन्न स्थानमा चियापसल चौतारीमा समेत चुनावको वारेमा चर्चा परिचर्चा हुने गरेको छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












