दक्षिण एसियाका सांसदहरूको बैठक सुरु
काठमाडौँ, १९ फागुन । दक्षिण एसियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दक्षिण एसियाली मुलुकका सांसदहरुको बैठक आजदेखि यहाँ सुरु भएको छ ।
युनिसेफको दक्षिण एसिया कार्यालय, नेपाल कार्यालयको आयोजना र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको सहकार्यमा सुरु गरिएको बैठकमा नेपाल, भारत र बङ्गलादेशलगायत विभिन्न देशका बालबालिकासँग सरोकार राख्ने सांसदको उपस्थिति रहेको छ ।
व्यवस्थापिका संसद अन्तर्गतको समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाले दक्षिण एसियाका बालबालिकाको समृद्धि र विकासका लागि ती देशका सांसदहरूले गरिरहेको पहलका बारेमा कुराकानी गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको जानकारी दिनुभयो ।
एसियाली मुलुकमा बालमृत्युदर साझा र एउटा प्रमुख समस्याका रूपमा रहँदै आएको छ । नेपालको सन्दर्भमा संसारमा पाँच वर्षमुनिका बालबालिकाको धेरै मृत्यु हुने देशहरुको सूचीमा नेपाल ६३औँ स्थानमा छ ।
युनिसेफका लागि दक्षिण एसियाली निर्देशक जिन गोगले दक्षिण एसियाका अधिकांश मुलुकमा कुल गार्हस्थ्य उत्पादनको तुलनामा कर कम उठ्ने हुँदा पर्याप्त मात्रामा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षाजस्ता क्षेत्रमा लगानी गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
“नीति निर्माताका रुपमा तपाईं सांसदहरुले बालबालिकाको क्षेत्रमा काम गरेर परिवर्तन ल्याउन सक्नुहुन्छ, बालबालिकाका लागि कार्यक्रम, नीति र बजेटमा सकारात्मक प्रभाव पार्न सकेमा दक्षिण एसियामा रहेको गरिबी र अन्यखालका समस्या रोक्न सकिन्छ” – उहाँले भन्नुभयो ।
अझै पनि दक्षिण एसियाका धेरै बालबालिका विद्यालय जान पाएका छैनन् । यो क्षेत्रका तीन करोडभन्दा धेरै बालबालिका अझै पनि विद्यालयभन्दा बाहिर छन् । यो समस्या दक्षिण एसियाका सबै देशको साझा समस्याका रूपमा देखा परेको सभापति झाले बताउनुभयो ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












