एक हजार दुई सय गोही नदीमा छोडियो
चितवन, २० फागुन । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ ।
नदी छेउमा सङ्कलन गरिएको अन्डा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा रहेको गोही प्रजनन केन्द्रमामा ल्याई बच्चा कोरलेर हुर्काएपछि नदीमा छाडिँदै आएको छ ।
सन् १९७८ मा स्थापना गरिएको सो प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । केन्द्र हेर्दै आउनुभएका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हालसम्म राप्तीमा ५४६, नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ ।
अन्य नदीमा गोहीको संरक्षण कम हुन थालेपछि पछिल्लो समय भने राप्ती नदीमा मात्रै गोही छोड्न थालिएको हो । खड्काका अनुसार गतवर्षको माघ र यस वर्षको माघमा राप्ती नदीमा मात्रै १७० वटा गोही छाडिएको छ । यस वर्ष चार भालेसहित ७० वटा गोही छाडिएको खड्काले बताउनुभयो ।
ठूलो सङ्ख्यामा गोही छाडेको भए पनि राप्ती र नारायणीबाहेक अन्य नदीमा भने न्यून मात्रै गोही रहेका छन् । खड्काका अनुसार राप्ती र नारायणीमा १५० को हाराहारीमा गोही भएको अनुमान छ । अन्य नदीमा भने ५० को हाराहारीमा गोही भएको अनुमान केन्द्रको छ । प्रजनन केन्द्रमा हाल १३ माउसहित ६०० जति गोही रहेको उहाँले जानकारी दिनुभयो ।
निकुञ्ज क्षेत्रमा बगेको नदीको स्थलमात्र गोहीको वासस्थानका लागि सुरक्षित रहेको बताउँदै उहाँले नेपालका वासस्थान प्रदूषित हँुदै जानु र पानीको बहावसँगै भारततर्फ गोही जानुले दिनानुदिन यसको सङ्ख्या घट्दै गएको हो ।
भारतीय संरक्षणकर्मीले खिचेका गोहीका अधिकांश तस्बिर नेपालमा छाडिएका गोहीको हुने गरेको दावी उनको छ । खड्काले एउटा गोहीको अन्डाबाट बच्चा कोरलेपछि एक हप्तामा आमालाई छोड्ने गर्दछ । त्यसका लागि खेल्न करिब २०० किलोमिटर नदीको लामो भूभाग चाहिने भए पनि नेपालका नदीमा पर्याप्त ठाउँ नहुँदा भारततर्फ जाने गरेका छन् । जान सजिलै जाने तर फर्किंदा नदीमा भएका तटबन्ध र पानीको बहावका कारण कठिन हुने हुँदा बर्सेनि नेपालमा हुर्काएर छाडिएका गोही भारततर्फ जाने गरेको उहाँले बताउनुभयो ।
नेपालका नदीमा गोही छाड्दा नम्बर लगाएर चिन्न सकिने गरी छोडिँदै आएको छ । सहायक संरक्षण अधिकृत खड्काकाअनुसार ७५ प्रतिशत गोही भारत जाने गर्दछ । माछा जता जान्छ गोही त्यतै जाने गर्दछ । यसकारण मानिसले जालमा पार्ने, घाइते बनाउने र मार्ने समस्या पनि देखिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गोहीको वासस्थान मानवका कारण असुरक्षित बन्दै गएकाले संरक्षण गर्न अप्ठ्यारो भएको र यसको सङ्ख्या बढाउन नसकेको बताउनुभयो । उहाँले माछा मार्ने, गिटी, ढुङ्गा, बालुवा निकाल्नेलगायतका कारण गोहीको वासस्थान असुरक्षित बन्दै गएको बताउनुभयो ।
एसियामा नेपाल र भारतमा प्रजनन केन्द्र खडा गरी घडियाल गोही संरक्षण गर्दै आएका कारण लोप हुनबाट बचेका छन् । तर अन्य देशमा घडियाल गोही लोप भइसकेका छन् ।
सन् २००७ मा गोहीलाई सङ्कटापन्न जलचरका रुपमा घोषणा गरिसकिएको छ । खड्काले सामान्यतया सङ्कटापन्न घोषणा गरेको १० वर्षमा ५० प्रतिशत लोप भइसक्छ । त्यसैले पनि यसको सङ्ख्या बढाउन नेपालमा सबैतिरबाट सहयोगको खाँचो रहेको छ उहाँले भन्नुभयो ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...











