स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप कार्यक्रम प्रभावित
धनगढी, २१ फागुन । स्वास्थ्यकर्मीको आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस ‘जेई’ तथा पोलियो खोप
खुवाइने अभियान सुरु हुन सकेन ।
कैलालीमा आज ‘शनिबार’ र भोलि ‘आइतबार’ जापानिज इन्सेफ्लाइटिस ‘जेई’ तथा पोलियो थोपा खुवाउने कार्यक्रम थियो ।
स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएकाले यो कार्यक्रम प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदीप जोशीले बताउनुभयो ।
छिमेकी देश भारतमा पोलियो उन्मूलन भइनसकेको अवस्थामा यो रोगको सङ्क्रमण नेपालको तराईको जिल्लामा फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कैलाली सहित मुलुकका १५ जिल्लामा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कार्यक्रमअन्तर्गत कैलालीमा पाँच वर्ष मुनिका एक लाख १६ हजार आठ सय ४६ बालबालिकालाई जेई तथा खोप कार्यक्रममा समावेश गर्ने लक्ष्य राखेको थियो । सो अभियानका लागि स्थापना गरिएका पाँच सय ८० खोप केन्द्रमा एक हजार एक सय ६० स्वयम्सेवक खटाइने भने पनि स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियानमा असर पर्नसक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि पोलियो खोप कार्यक्रम स्थागित गरिएको वरिष्ठ जिल्ला जनस्वास्थ्य प्रशासक टङ्कप्रसाद चापागाईंले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत आज खोप केन्द्रबाट बालबालिकालाई खोप खुवाइने र भोलि २२ गते छुटेका बालबालिकालाई घरदैलोमै पुगेर खोप खुवाइने कार्यक्रम तय गरिएको थियो ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












