लागुऔषधका मुद्दामा ६१ जनाविरुद्ध कारबाही
रत्ननगर (चितवन), २१ फागुन । चितवन लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । चितवनको बाटो हुँदै देशका विभिन्न जिल्ला र विदेशमा समेत लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले समेत देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको चालु आव २०७३÷७४ को तथ्याङ्कमा उल्लेख भएका लागुऔषधसम्बन्धी मुद्दाबाट ठूलो परिमाणको लागुऔषध बरामद हुनुले चितवन लागुऔषधको ‘ट्रन्जिट प्वाइन्ट’ बनेको प्रस्टिन्छ ।
देशका सबै भूगोलमा सहज रुपमा आवागमन गर्न सकिने भएकाले चितवनमा लागुऔषधको कारोबार बढी हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।
चालू आवको माघ महिनासम्म चितवनमा करिब तीन सय ४९ किलो चरेस बरामद भएको छ । त्यसैगरी २६ किलो गाँजा र १४ लिटर कोरेक्स बरामद गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
चालु आवको सात महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय चितवनले डाइजापाम नौ सय ६० एम्पुल, ब्रुफिर्नाेफिन नौ सय ४८ एम्पुल, फेनारगन नौ सय ३८ एम्पुल, खैरो हिरोइन १७ ग्राम, नाइट्राजेपाम दुई सय ४६ ट्याब्लेट, स्पास्मो प्रोक्यभोन ३२ क्याप्सुलजस्ता लागुऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
लागूऔषध कारोबारमा संलग्न विभिन्न व्यक्तिलाईसमेत प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । चितवनमा २०७३ साल साउनदेखि माघ महिनासम्ममा लागुऔषधसम्बन्धी विभिन्न ३५ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६१ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । लागूऔषधको कारोबारमा संलग्न सबैलाई लागुऔषध ओसारपसार तथा नियन्त्रण ऐनअन्तर्गत मुद्दा दायर भएर कारबाही चलाइएको छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












