जनताबाहेक अरू कसैको आदेश मान्दैनौं : अध्यक्ष ओली
काठमाडौं । एमालेले अध्यक्ष केपी ओलीले राष्ट्रियताका सन्दर्भमा आफ्नो पार्टीले नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् ।
शनिबारबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियान शुभारम्भ गर्दै उनले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउने अगुवाइ एमालेले गरेको जनाए ।
संविधान कार्यान्वयन, चुनाव हुन नदिने, लोकतन्त्रलाई अघि बढ्न नदिने र देशलाई अराजकतातिर लैजाने प्रयास भइरहेको उनले बताए । उनले भने, ‘एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, निर्वाचन गराउनुपर्छ । निर्वाचन नगर्ने र जनतामा अधिकार नदिने कुरा स्वीकार्य छैन ।’
उनले संविधान संशोधन प्रस्ताव जनताको आवश्यकता र राष्ट्रियताको हित प्रतिकूल रहेकाले पारित हुन नदिने भन्दै आफ्नो अभियानमा कसैले अवरोध सिर्जना गरे वा हिंसा भड्काउन खोजे एमालेले त्यसलाई पराजित गर्ने चेतावनी दिए । ‘देशको अहित हुने संविधान संशोधन लागि सरकारले प्रस्ताव ल्यायो । त्यो देशको प्रतिकूल छ, त्यसकारण हामी पास हुन दिँदेनौं’ उनले भने, ‘जनमतले पारित गर्न दिँदैन । नैतिक हिसाबले संसदले पनि पास गर्न मिल्दैन ।’
पार्टीले सुरु गरेको मेची–काली अभियान राष्ट्रिय एकता, संविधान कार्यान्वयन, लोकतन्त्रका निम्ति भन्दै उनले विभिन्न जाति, समुदायलाई सम्पन्न बनाउन र देश समृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले देश बनाउने अभियान एमालेले मात्रै बोकेको दाबी गरे ।
एमाले महासचिव ईश्वर पोखरेलले देश र अहिलेसम्म विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि अभियान सुरु भएको बताए । उनले पनि अभियानमा कसैले अवरोध गर्न खोजिए एमालेले सशक्त रुपमा प्रतिकार गर्ने चेतावनी दिए । केही शक्तिले देशमा संविधान कार्यान्वयन नहोस् भनेर आगो बाल्न खोजिरहेको आरोप लगाउँदै पोखरेलले संविधान जारी गर्दा जसरी संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
।
मधेस, मधेसी जनतालाई भेद्भाव गरिएको भनेर देश विखण्डन गराउने, त्यसको दोष एमालेमाथि थोपर्न खोजिरहेको भन्दै उनले त्यसको मुकाबिला गर्न एमाले तयार रहेको बताए ।
एमालेले मेची महाकाली राष्ट्रिय अभियानकै सन्दर्भमा पार्टीको केन्द्रीय कमिटीमा तराई मधेस मूलका २१ जना नेतालाई केन्द्रीय कमिटीको पूर्ण र वैकल्पिक सदस्यमा मनोनयन गरेको छ । पार्टी स्थायी कमिटीको शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले मनोनयन गरेको एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मनोनित पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ, रामचन्द्र यादव, धर्मनाथ यादव, धर्मनाथ साह, रामदयाल मण्डल, रवीन्द्र्र वैठा, यदुवंश झा, गङ्गा यादव, रामचन्द्र तेली, रत्नेश्वर गोइत, लालबाबु यादव र हरिनायण महतो छन् । यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मद हारुन, जुली महतो, शान्ता चौधरी र सरला यादव छन् ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












