पत्रकार दामोदर न्यौपाने सम्मानित
काठमाडौं । पछिल्लो समयको चर्चित पुस्तक कर्म : सिकाइमा गहिरिएको खाडलका लेखक तथा पत्रकार दामोदर न्यौपाने सम्मानित भएका छन् । ‘साहित्य र पत्रकारीताका माध्यमबाट नेपाली समाजमा चेतनाको दियो बाल्न अभ्यस्त भएर नेपालका दुरदराजमा छरिएर रहेका आम बालबालिकाको आवाजलाई राष्ट्रको आवाज बनाउने जुझारु पत्रकार’ भन्दै न्यौपानेलाई काठमाडौं चाबहिलको गोल्डेन पिक हाइ स्कुलले आफ्नो रजत महोत्सवको अवसर पारेर सम्मान गरेको हो । उनलाई राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा शिवकुमार राइले सम्मानपत्र हस्तान्तरण गरे ।
सम्मान पत्रमा भनिएको छ—‘साहित्य, समालोचना, सम्पादन र पत्रकारीतालाई साधन बनाइ बनाइ सङलो नेपाली समाजको निर्माण गर्न चाहने व्यक्ति भएको र सिर्जनामा कहालीलाग्दो नेपाली समाजको सशस्त्र द्धन्द्धको चित्रमात्रै छैनन्, सानो सानो परिवेशभित्र भविष्य खोजी रहेका बालबालिकाको प्रशंसनीय कर्म समेत रहेको छ ।’ न्यौपानेका दुई वटा कृति प्रकाशित छन् ।
उनका दुवै कृति अनुसन्धानमुलक हुन् । उनको पहिलो पुस्तक एम्बुस्मा ६ वर्ष २०५२ सालदेखि २०६२ सालसम्म चलेको शसस्त्र युद्धमा आधारित भएर त्यतिबेलाको समाजको चित्रण गरिएको छ । दोस्रो कृति कर्म : सिकाइमा गहिरिएको खाडलमा बालबालिका केन्द्रित भएर गरिएको अनुसन्धानमा आधारित छ । समिक्षकहरुले कर्म नेपाली साहित्यको प्रवन्ध विधामा नयाँ धारको कृति भएको बताएका छन् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












