विद्युत चुहावट नियन्त्रणमा कुलमानको कमाल, ६ महिनामा साढे चार प्रतिशत चुहावट घट्यो
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण अभियान चलाएर चर्चित छन् । उनले ‘एग्रेसिभ’ कारवाही अघि बढाएपछि ६ महिनामा साढे ४ प्रतिशत विद्युत चुहावट घटेको छ।
उनी आएपछि जिल्ला÷जिल्लामा विद्युत चुहावट नियन्त्रणमा अभियान चलाएका छन्। उनले पछिल्लो समयमा वर्षोदेखि मिटर रिडिङ गरेका २५ सय कर्मचारी समेत सरुवा गरेका थिए।विद्युत चोरी नियन्त्रणमा संलग्न रहेका कर्मचारीको ठूलो समूह पनि पक्राउ परिसकेको छ।यही अभियानले चोरी नियन्त्रणमा प्राधिकरणलार्इ सफलता मिलेको हो।
सबै भन्दा धेरै विद्युत चुहावट हुने जनकपुर क्षेत्रमा करिव १४ प्रतिशतले चुहावट नियन्त्रण भएको छ। जनकपुर क्षेत्रमा अघिल्लो वर्ष ५२ दशमलव २३ प्रतिशत रहेको चुहावट यो वर्ष ३८ दशमलव ६१ प्रतिशतमा झरेको छ। १४ प्रतिशतले चुहावट घटे पनि जनकपुर सबै भन्दा बढी चुहावट हुने क्षेत्र हो।
जनकपुरपछि धेरै चुहावट हुने विराटनगरमा पनि ३ दशमलव ७१ प्रतिशतले चुहावट नियन्त्रण भएको छ। विराटनगर क्षेत्रमा अघिल्लो वर्ष १९ दशमलव ७८ प्रतिशत रहेको चुहावट यो वर्ष १६ दशमलव ७ प्रतिशतमा झरेको छ।
तेस्रो नम्बरमा सर्वाधिक चुहावट हुने बुटवल क्षेत्रमा भने २.७५ प्रतिशतले मात्र चुहावट नियन्त्रण भएको विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। बुटवल क्षेत्रमा गत वर्ष १८.८७ प्रतिशत रहेको चुहावट अहिले १६.१२ प्रतिशतमा झरेको छ।
चौथो बढी चुहावट हुने हेटौडा क्षेत्रमा पनि २.८५ प्रतिशतले विद्युत चुहावट नियन्त्रणमा आएको छ। गत वर्ष १७.६४ प्रतिशत रहेको चुहावट यो वर्ष १४.७९ प्रतिशतमा झरेको छ।
नेपालगञ्ज क्षेत्रमा भने १ प्रतिशत हाराहारीमा मात्र चुहावट नियन्त्रण भएको छ। गत वर्ष १५.६३ प्रतिशत रहेको चुहावट यो वर्ष १४.८४ प्रतिशत कायमै छ।
पोखरामा गत वर्षकै जति १४ प्रतिशत चुहावट कायमै छ।
काठमाडौं र अत्तरियामा चुहावट सामान्य बढेको छ। काठमाडौंमा गत वर्ष ११.३१ प्रतिशत रहेको चुहावट यो वर्ष ११.३७ प्रतिशत पुगेको छ। त्यस्तै अत्तरिया क्षेत्रमा पनि गत वर्ष १३.२५ प्रतिशत रहेको चुहावट यो वर्ष १३.३१ प्रतिशत पुगेको छ। काठमाडौंमा नियमित विद्युत आपूर्ति हुँदा चुहावट सामान्य तलमाथि हुनसक्ने अधिकारीले बताए।
समग्रमा भने चुहावट साढे ४ प्रतिशतले घटेको छ। गत वर्ष यो समयमा २७.५ प्रतिशत रहेको चुहावट अहिले २३ प्रतिशतमा झरेको छ। गत वर्षको साउनदेखि पुस सम्मको विवरण अनुसार भने यो वर्षको साउन देखि पुस सम्ममा ३.६८ प्रतिशत मात्रै चुहावट घटेको थियो। गत वर्ष यहि समयमा २०.३८ प्रतिशत रहेको चुहावट यो वर्ष १६.७५ प्रतिशत रहेको थियो।
विद्युत चुहावट गतवर्ष र यो वर्षको सुरुवाती ६ महिनाको विवरण
| वितरण क्षेत्र | गत वर्षको चुहावट प्रतिशत | यो वर्षको चुहावट प्रतिशत | फरक प्रतिशत |
| जनकपुर | ५२.२३ | ३८.६१ | -१३.६२ |
| विराटनगर | १९.७८ | १६.७ | -३.७१ |
| बुटवल | १८.८७ | १६.१२ | -२.७५ |
| हेटौडा | १७.६४ | १४.७९ | -२.८५ |
| नेपालगञ्ज | १५.६३ | १४.८४ | -०.७९ |
| पोखरा | १४.३८ | १४.१६ | -०.२२ |
| काठमाडौं | ११.३१ | ११.३७ | +०.०६ |
| अत्तरिया | १३.२५ | १३.३१ | +०.०६ |
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












