सप्तरीमा गोली चल्दा केपी ओलीको आँखामा आँसु !
सप्तरी २४ फागुन । सप्तरीमा प्रहरीको गाली लागेर चार जनाको मृत्यु भएपछि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्तब्ध भएका छन् ।
जे नहोस् भनेर एमाले नेताहरुले अभियानको रुट र सभास्थल परिवर्तन गर्नेदेखि हदैसम्मको संयम अपनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए, आखिर त्यही चाहिँ भयो ।
एमाले सचिव योगेश भट्टराई आफैं उभिएर कार्यकर्तालाई चुपचाप आ–आफ्नो सवारी साधनमा बस्न निर्देशन दिइरहेका थिए । प्रहरीले नियन्त्रण गर्न सकिने संख्यामै मोर्चाका प्रदर्शनकारी थिए ।
सबैतिर छरिएका प्रदर्शनकारीहरुको टाउको गन्ने हो भने पनि एक हजार भन्दा बढी थिएनन् । जबकि एमालेका सभाका सहभागी र अभियानका टोलीका मान्छेहरु समेत गन्दा करीव १० हजारको हाराहारीमा थिए ।
एमाले नेताहरुले राजविराजमा शक्ति प्रदर्शन गरियो भन्दै प्रतिष्ठाको जित भएको महशुस गरिरहेकै बेला गोली चलेपछि अध्यक्ष ओलीसहितका शीर्ष नेताहरु स्तब्ध देखिन्थे । उनीहरुले ढुंगा हान्ने मोर्चा कार्यकर्तामाथि जाई नलाग्न कार्यकर्तालाई कडा नियन्त्रणमा राखेका थिए । बरु इनरुवामा मोर्चाको कालोझण्डा खोसेर लखेट्ने काम भएको थियो । तर, राजविराजमा सबै कार्यकर्ता नियन्त्रणमै थिए ।
आफ्नो शक्ति देखाउन एमाले सप्तरीले कञ्चनपुर, फत्तेपुर, रुपनी, महुली लगायतका गाउँ गाउँबाट बसमा समर्थक र कार्यकर्ता ओसारेर राजमार्गमा जम्मा गरे ।
स्थानीय कार्यकर्ता र शुभेच्छुकसहितको केन्द्रीय टोली अघि बढ्दा दशरबीस जनाको संख्यामा उभिएर कालो झण्डा देखाउने बाहेक सडकमा कुनै अवरोध थिएन । राजमार्गमा कालोझण्डा देखाउनेहरुको संख्या कहिँ पनि २०/३० जना भन्दा बढी थिएन ।
ओली र प्रचण्डबीच ठूलै षडयन्त्रको आभासको कुरा किन भयो ? आखिर कार्यक्रम सकिएर एमाले टोली फर्किएपछि किन गोली चल्यो ? यसका पछाडि गम्भीर राजनीतिक अन्तर्य लुकेको एमाले नेताहरुले गरे । अर्को गौर हत्याकाण्ड मच्चाउने षडयन्त्र भइरहेको बुझेपछि एमालेले २ नम्बर प्रदेशका अरु कार्यक्रम तीन दिनलाई स्थगन गरेको एमालेका एकजना पदाधिकारीले बताए ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












