चीनबाट उच्चस्तरका तीन टोली आउँदै
काठमाडौं । आगामी एक महिनाभित्र चीनबाट उच्चस्तरका तीन टोली नेपाल आउने भएका छन् । नयाँपत्रिकाका अनुसार चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामिला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन्। कूटनीतिक स्रोतका अनुसार उनीहरू सबै तीनदिने भ्रमणमा आउन लागेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रोपोगाण्डा प्रमुख लिउ छिपाओले ३ पुसमा तीनदिने नेपाल भ्रमण गरेका थिए।
तीन दिनपछि तिब्बतको जनकंग्रेस प्रमुख बाइमा छिलिनले नेपाल भ्रमण गरेका थिए। उनीपछि नेपाल आउन लागेको यो नै उच्चस्तरीय प्रतिनिधिमण्डल हो। चीनको परराष्ट्र मामिलासम्बन्धी सहायकमन्त्री कोङ सुयान्यु ७ देखि ९ चैतसम्मका लागि नेपाल आउने तय भएको छ। परराष्ट्रसचिव शंकरदास वैरागीको औपचारिक निमन्त्रणामा दुईपक्षीय संयन्त्रको बैठकमा सहभागी हुन उनी आउन लागेका हुन्।
नेपाल र चीनका परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको ११औँ बैठकका लागि उनलाई परराष्ट्र मन्त्रालयले ११ पुसमा पत्र पठाएको थियो। ८ चैतमा हुने औपचारिक बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, सांस्कृतिक विषयमा छलफल हुनेछ। नेपाल र चीनबीच भएका सबै सम्झौताको समीक्षा र भ्रमणहरूका विषयमा सो बैठकमा छलफल हुने कार्यक्रम छ। ‘बैठकमा नेपाल–चीन सम्बन्धका सबै विषयमा बृहत् छलफल हुन्छ,’ परराष्ट्रसचिव वैरागीले भने।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव वैरागीले तथा चीनको नेतृत्व सहायकमन्त्री कोङले गर्नेछन्। चिनियाँ कम्युनिस्ट पार्टीका नेता बिहीबार आउँदै चिनियाँ कम्युनिस्ट पार्टीको एसिया विभाग हेर्ने उच्च अधिकारी डोउ इन्योङ बिहीबार काठमाडौं आउने तय भएको छ। उनले बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ।
स्रोतका अनुसार उनले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन्। साँझ उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले उनको सम्मानमा रात्रिभोज दिने कार्यक्रम छ। तर, उनको भ्रमणबारे औपचारिक रूपमा नेपाल र चीन दुवैले प्रतिक्रिया दिएका छैनन्।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...












