स्थानीय निर्वाचनमा कहाँकहाँ छ सुरक्षा थ्रेट ?
काठमाडौं । सरकारले गत सोमबारको सप्तरी घटनापूर्व निर्वाचनका दृष्टिले सुरक्षा विश्लेषण गरेको थियो । जसमा सर्वाधिक जोखिमपूर्ण जिल्ला सप्तरी नै हो भनेर । घोषित स्थानीय निर्वाचनमा मधेश केन्द्रीत दलले असर गर्न सक्ने स्थान भनेर पूर्वको मोरङदेखि पश्चिमको कैलालीसम्म आँकलन गरेको थियो ।
सुरक्षाका दृष्टिले सुनसरीको दक्षिणी भागका हरिनगरदेखि भुटाहा, देवानगञ्ज, कप्तनगञ्ज, साहेवगञ्ज, पूर्व कुसाहा, घुस्कीसहित उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको लौकही, श्रीपुर, हरिपुरसमेतका क्षेत्रमा मधेशी मोर्चाले प्रभाव पार्न सक्ने विश्लेषण छ ।
सप्तरी, सिराहा, धनुषा, रौतहट जिल्लाका राजमार्गका दक्षिण क्षेत्र बढी संवेदनशील देखिएका छन् । जनआस्था साप्ताहिकका अनुसार बाराको समिरौनगढ, कचौर्वा, पिप्रागढी, बरियापुर क्षेत्र बढी प्रभावित हुने विश्लेषण छ । त्यस्तै रुपन्देहीको सिमरा, मर्चवा, फर्साटिकर, हाफार्साटिकर, हलौया, हाटिवनगाई, सक्रौनपकडी, बेतकुइया, बोगडी क्षेत्रमा पनि बढी थ्रेट हुने अनुमान छ ।
महोत्तरीको भिट्टामोडबाट दक्षिणतर्फ लागेपछि सुरक्षा समस्या हुन सक्ने अनुमान छ । त्यस्तै नवलपरासीको परासी राजमार्गबाट दक्षिणतर्फ, धनुषाको जनकपुर र त्यहाँबाट दक्षिणका केही गाउँमा मोर्चाको प्रभावले निर्वाचन बिथोल्ने खतरा रहेको विश्लेषण सुरक्षा अधिकारीहरुको रिपोर्ट पछि गृहमन्त्रालयले गरेको छ ।
सर्लाहीमा तुलनात्मक रुपमा कम प्रभाव रहेको अनुमान छ । निर्वाचनमा भाग लिन उपेन्द्र यादव नेतृत्वको संघीय फोरम बाहेकका मधेश केन्द्रीत घटकले निर्वाचन आयोगमा दल दर्ता गरेका छैनन् । तर, दल दर्ता छैन भन्दैमा जनताबीचको परीक्षणमा उत्रने कुरामा पछि हट्ने अवस्थामा पनि उनीहरु छैनन् ।
सुरक्षा स्रोतहरुका अनुसार मधेशमा मोर्चाले, पहाडका जिल्लामा जातीय हतियारधारी समूहहरुले र पश्चिम क्षेत्रमा बिप्लब माओवादीले निर्वाचन बिथोल्ने अवस्था छ । निर्वाचन बिथोल्न मोर्चाका नेताहरुले भारतबाट आफन्तदेखि नातागोतासम्म नेपाल भित्र्याउन सक्नेसमेत अनुमान छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












