मोर्चाका कार्यकर्ताद्वारा सप्तरीमा एमाले नेताहरु र प्रमुख निर्वाचन आयुक्तको घरमा तोडफोड

सप्तरी। सप्तरीमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु एमाले नेताहरुको घर तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा गरेका छन् ।
तोडफोडमा मोर्चामा आवद्ध दलका जिल्लास्थित प्रमुख नेताहरुले नै अगुवाई गरेको देखिएको छ । राजविराज घटनापछि प्रमुख जिल्ला अधिकारीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख फेरिएका छन् । पुराना अधिकारीहरु गृह मन्त्रालय हाजिर भइसकेका छन् भने नयाँ सीडीओ र सुरक्षा प्रमुखहरु कार्यक्षेत्रमा पुगिसकेका छैनन् ।
मोर्चाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घरमा तोडफोड गरेका छन् । उनीहरुले हानेको ढुंगाबाट झ्यालका शिशा फुटेका छन् । एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरु एमाले सांसद रञ्जु ठाकुरको घरमा पनि पुगेका थिए । तर, कोही नभएको भन्दै फर्किएका छन् । मधेसी मोर्चाका कार्यकर्ताले एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड र झण्डा जलाइदिएका छन् ।
मधेसी मोर्चा सप्तरीमा राजविराज घटनाको विरोधमा अनिश्चितकालीन बन्द आहृवान गरेको छ र, एमाले समर्थकलाई सामाजिक बहिस्कार गर्ने चेतावनी दिएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












