मन्त्रीपरिषद् विस्तार : कमल थापा उपप्रधान एवं स्थानीय विकास मन्त्री
काठमाडौं २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रधानमन्त्रीले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा नियुक्त गरेका छन् ।
त्यस्तै संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रीमा दिलनाथ गिरीलाई नियुक्त गरिएको छ ।
यसअघिस्थानीय विकासमन्त्री हितराज पाण्डे थिए । माओवादीको सिफारिसमा मन्त्री भएका उनलाई फिर्ता बोलाउँदै प्रधानमन्त्री प्रचण्डले थापालाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् । पर्यटन मन्त्री जीवनबहादुर शाहीलाई पनि फिर्ता बोलाएर गिरीलाई उक्त मन्त्रालय दिईएको हो ।
संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भइसकेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले संशोधन पास हुन नदिने अडान राखिरहेको अवस्थामा मन्त्रीपरिषद् विस्तार भएको हो । मन्त्रीपरिषद् विस्तार गरिएपनि संशोधन पारित हुने अवस्था भने छैन ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












