ताजा समाचार

देशभरका गाविस भङ्ग : ७ सय ४४ स्थानीय निकाय

काठमाडौं । सरकारले देशभरका गाउँ विकास समिति भङ्ग गरेको छ । झण्डै २५ वर्षदेखि अस्थित्वमा रहेका गाविसहरुको संरचना आजैदेखि भंग भएको हो । गाविस भङ्गसँगै ७ सय ४४ स्थानीय निकाय आजबाटै कार्यान्वयनमा आएका छन् ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गाविस संरचनाहरु भंग भएको घोषणा गरे। उनले आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन् । राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ । अब गाउँपालिकाहरु अस्थित्वमा आएका छन् ।’

अब सबै कामहरु गाउँपालिकामार्फत हुने बताए ।

२०४७ सालसम्म गाउँ पञ्चायत भनिएका स्थानीय संरचनाहरु २०४७ सालको संविधानपछि गाउँ विकास समितिमा रुपान्तरण भएका थिए ।

अब गाउँ विकास समितिहरु गाभिएर गाउँपालिका बनेका छन् । गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org