कहिले तयार हुन्छ मुलपानी क्रिकेट मैदान ?
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हातपर्दै गएपछि एसियाली क्रिकेट काउन्सिलले नेपाली क्रिकेटको विकासका लागि क्रिकेट एकेडेमी बनाउन २०११ मा तीन करोड रुपैयाँ सहायता दियो ।
नेपाल क्रिकेट संघ ‘क्यानले’ त्यसका लागि गौरा कन्सट्रक्सनसंग निर्माण सम्झौता गयो । यसपछि सरकारले क्रिकेट एकेडेमीका साथै अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न चासो देखायो । २०१३ मा राष्ट्रिय खेलकूद परिषद्ले परियोजनाका लागि साढे चार करोड रुपैयाँ छुट्यायो । यसपछि नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान र एकेडेमी बन्ने आशा बढ्दै गयो । काम पनि हुँदै गयो । तर, नेपालको विकास आयोजना समयमा सम्पन्न नहुने कुरै थिएन । मुलपानी क्रिकेट मैदानमा पनि त्यही भयो ।
नियमित रुपमा काम भएको भए अहिले नेपाल र केन्याबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिपको चौंथो चरणको खेल नवनिर्मित क्रिकेट मैदान मुलपानीमा हुने थियो । तर मुलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय खेल हेर्न अझै कति कुर्नुपर्ने हो त्यसको टुंगो छैन । २०७३ साल असारमा रंगशाला निर्माण सम्पन्न भैसक्नुपर्ने थियो । २०७२ साल वैशाख १२ गतेको भूकम्पको कारण देखाउंदै गत असारमा नै सम्पन्न हुनुपर्ने मैदानको निर्माण कार्य अझै हुन सकेको छैन् । जसका कारण निर्माणको ठेक्का पाएको मेरा प्रतिष्ठा मुना एण्ड आर्य जे.भी, काठमाडौंलाई थप १ वर्षको म्याद थपिएको छ । पहिलोपटक ६ महिना थपिएको समयमा काम पुरा हुन नसकेपछि पुन दोस्रो पटक छ महिना थप गरीएको हो ।
मैदानको दक्षिण भागमा निर्माण भैरहेको प्याराफिटको कामले आगामी असारसम्ममा पूर्णता पाए पनि मैदान संचालन भने तत्काल हुने छैन । यसको अर्को कारण हो मैदान छेउमा रहेको जग्गाको मुआब्जा विवाद । सरकारले स्थानीय १२ घरपरिवारको नाममा रहेको तीन रोपनी चार आना जग्गाको मुआब्जामा विवाद देखिएपछि गत ०७१ सालमा नै सम्पन हुनुपर्ने मुआब्जा विवादले अझै पूर्णता नपाउँदा क्रिकेट मैदान निर्माणको कार्य स्थगित जस्तै छ । एकभागमा निर्माण भैरहे पनि अर्को भागमा भने काम नै भएको छैन ।
सो परियोजना हेरिरहेका राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर विश्वमित्र सञ्जेल मुआब्जा विवाद टुंगो नलागेसम्म थप प्रक्रियाका लागि टेन्डर आह्वान गर्न नमिल्ने बताउनुहुन्छ । मुआब्जामा विवाद आउनुको कारण उनीहरुलाई स्थानीय ठाउँमै स्थानान्तरण गर्नुपर्ने माग रहेको छ ।
स्थानीय फुलमाया लामा आफूहरुलाई सरकारले मैदान आसपासमा नै आफ्नो बराबरको जग्गा दिनुपर्ने माग रहेको बताउँछिन । उनले ६ लाख ५० हजार रुपैयाँ आनाले जग्गा खरीद गरेको तर सरकारले सरकारी मुल्यमात्र दिने भएपछि आफू घरबार विहिन हुने उनको तर्क छ । त्यसैले जग्गाको ठांउमा जग्गानै उपलब्ध गराउनु पर्ने आफुहरुको माग रहेको उनले बताइन् ।
मैदानमा दुवो रोप्ने काम लगभग सम्पन्न हुन लागे पनि मैदान निर्माणको अनिश्चितताले मैदान कहिलेबाट सञ्चालनमा आउँछ भन्ने कुराको टुंगो अहिले नै भन्न सकिने अवस्था छैन । साइडमा काम गरिरहेका साइड ओभरसियर जनकप्रसाद आचार्य सूरुबाटै आफु कामममा संलग्न भएको बताउँदै पहिलाको तुलनामा धेरै काम भइरहेको दावी गर्नुहुन्छ । यद्यपि मुआब्जा टुंगो नलाग्दा पूर्व र पश्चिमततर्फको प्याराफिट निर्माणमा समस्या आएको उहाँ बताउनुहुन्छ ।
सरकारले मुआब्जा विवाद टुंग्याउन समिति गठन गरे पनि उक्त समितीले जग्गाको नापजाँच नगरी प्रतिबेदन बुझाउनसक्ने अबस्थामा नरहेको जनाएको छ । समितिमा रहेका इन्जिनियर विश्वमित्र सञ्जेल नापजाँचको काम भैसकेपछि रिपोर्ट तयार पारिने बताउनुहुन्छ ।
यद्यपि सरकारले गत ०७२ को चैत २९ मा मुआब्जा लिन आउन स्थानीयका नाममा सार्वजानिक सूचना नै निकालेको थियो तर कोही पनि नगएपछि अब के गर्ने भन्नेमा सरकारले कुनै निर्णय गर्न सकेको छैन ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












