ताजा समाचार

मदिरा सेवन गरेर सवारी चलाउने र जबर्जस्ती रंग दल्नेहरु प्रहरीको निगरानीमा

काठमाडौं । होली मनाउने क्रममा अप्रिय घटना हुन नदिन प्रहरीले बिहानैदेखि सुरक्षा जाँचमा कडाई गरेको छ ।होलीको बेला दिउँसै मदिरा सेवन गरेर सवारी चलाउने र मोटरसाइकलमा दुई भन्दा बढी व्यक्ति बसेर सवार हुने गरेकाले प्रहरीले चेकिङमा कडाई गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले न्युज–नेपाललाई दिएको जानकारी अनुसार होलीका लागि काठमाडौं परिसरले एक हजार प्रहरी परिचालन गरेको छ । त्यस्तै, १ सय ७ स्थानमा चेकिङ तथा पिकेटहरु राखिएका छन् ।
मादक पदार्थ एवम् लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाउने, विदेशी पर्यटकहरुमाथि जबर्जस्ती रङ लगाउनेलाई कारबाहीको दायरामा आउने एसएसपी जोशीले बताए ।

यसक्रममा मापसे गरेर सवारी चलाउने तथा नियमविपरीत चलाउने केही सवारी साधनहरु प्रहरी नियन्त्रणमा लिएर कारवाही चलाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org