सिम्रिक एयरलाइन्सले भरतपुर र तुम्लिङटारमा दैनिक उडान भर्ने
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले आफ्नो उडान क्षमता विस्तार गरेको छ। सिम्रिकले काठमाडौंबाट चितवनको भरतपुर र तुम्लिङटारमा उडान विस्तार गर्न लागेको छ।
आगामी सातादेखि सिम्रिकले भरतपुर र तुम्लिङटारमा दैनिक एक उडान सुरु गर्ने सिम्रिक एयरलाइन्सका बजार प्रवन्धक प्रज्वल थापाले न्युज–नेपाललाई जानकारी दिए । उनका अनुसार यात्रुको अनुरोध तथा सडक यातायातको असहजताका कारण हवाई मार्गकै आवश्यकता बढेकोले उडान विस्तार गर्न लागिएको हो।
सिम्रिकले काठमाडौंबाट माउन्टेन फ्लाइट, पोखरा, भैरहवा, लुक्ला र पोखराबाट जोमसोमको नियमित उडान गरिरहेको छ। सन् २००९ देखि नियमित आन्तरिक उडान गर्दै आएको सिम्रिकसँग हाल चारवटा आन्तरिक उडानका जहाज छन् । सिम्रिक एयरलाइन्सले दुईवटा विचक्रफ्ट र दुईवटा डोर्नियर गरी चार वटा जहाजबाट नियमित उडान भरिरहेको छ।
यसअघि सिम्रिक एयरले काठमाडौंबाट भैरहवा १, पोखरा ५, माउण्टेन फइट ४, लुक्ला ४, पोखराबाट जोमसोम ५ वटा उडान भर्दै आएको थियो । ४ वटा जहाज रहेको एयरले मागअनुसार थप स्थानमा पनि उडान भर्दै जाने बजार प्रवन्धक थापाले न्युज-नेपाललाई बताए ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












