बाध्य भएर सरकारको समर्थन फिर्ता लिएका हौँ : अध्यक्ष राजेन्द्र महतो

१. प्रधानमन्त्रीले समस्या समाधानका अनेक विकल्प प्रस्तुत गरिरहेको समयमा तपाईंहरूले एकाएक किन समर्थन फिर्ता लिनुभयो ?
हामीले सरकारलाई दिएको समर्थन एकाएक नभई बाध्य भएर फिर्ता लिएका हौँ । वर्तमान गठबन्धन सरकार निर्माण भएदेखि नै हामीले संविधान संशोधनका लागि घचघच्याइरहेका थियौँ । समर्थन फिर्ता लिनुपूर्व हाम्रा माग पूरा गर्न सरकारलाई सात दिनको अल्टिमेटम दिँदै हामीले भनेका थियौँ— पहिला संविधान संशोधन गरेपछि मात्रै निर्वाचन गरौँला । तर, सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाई निर्वाचन प्रक्रिया थालेपछि बाध्य भएर हामीले समर्थन फिर्ता लिएका हौँ ।
२. प्रधानमन्त्रीले त आयोगमार्फत सीमांकनको टुंगो लगाउने प्रस्ताव गर्नुभएको रहेछ नि ?
प्रधानमन्त्रीको यो हावादारी प्रस्ताव हो । ठोस रूपमा समस्याको समाधान कसरी गर्ने भन्ने कार्ययोजनाबारे कहिल्यै नसोच्ने तर वार्ता गर्दा यो पनि गर्छु, ऊ पनि गर्छु भन्ने तर केही पनि नगर्ने उहाँको विशेषता नै बनिसकेको छ । ठोस रूपमा काम हुनुपर्यो भन्ने हाम्रो मान्यता हो । खालि आश्वासनले मात्रै मुलुक चल्दैन । यदि प्रधानमन्त्रीज्यूले परिमार्जनसहित संविधान संशोधन गर्नुभयो, गाउँपालिका, नगरपालिका निर्माणको निर्णय सुधारेर जनसंख्याको आधारमा बनाउनुभयो भने हाम्रो निर्णयमा पुनर्विचार गर्न सकिन्छ । तसर्थ समर्थन फिर्ता र आन्दोलन घोषणा मधेसी मोर्चाको बाध्यता हो । हाम्रो माग सरकारले पूरा गर्दाको दिन धन्यवाद दिएर सहकार्य गर्न तयार हुन्छौँ ।
३. संविधान संशोधन प्रस्ताव पास हुन आवश्यक दुईतिहाइ नजुट्ने अवस्थामा प्रधानमन्त्रीको यो प्रस्ताव ठिकै होइन र ?
आयोग केका लागि बनाउने ? कसरी बनाउने ? किन बनाउने ? आयोगले समस्या समाधान गर्ने आधार के–के हुन् ? विगतका सम्झौताअनुरूप आयोगलाई काम गर्ने अधिकार दिइन्छ कि दिइँदैन ? भन्ने विषयमा सरकारको ठोस धारणा नआई खाली आयोग बनाउँछु भनेर मात्रै केही हुँदैन । आयोग त योभन्दा पहिला पनि धेरै बने, तर ती आयोगका प्रतिवेदन लागू भएको खोइ ? तसर्थ आयोग बनाएर मात्रै समस्या समाधान हुँदैन । आयोगले समस्या समाधान गर्ने विषयमा ठोस आधार नआई हामी सहमतिमा आउन सक्दैनौँ । हाम्रो मूल लडाइँ नै सीमांकनको हो, त्यो नै नहुने गरी गोलमटोल गरेर कसरी समाधान निस्किन्छ ?
नयाँपत्रिकाबाट
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












