बाध्य भएर सरकारको समर्थन फिर्ता लिएका हौँ : अध्यक्ष राजेन्द्र महतो

१. प्रधानमन्त्रीले समस्या समाधानका अनेक विकल्प प्रस्तुत गरिरहेको समयमा तपाईंहरूले एकाएक किन समर्थन फिर्ता लिनुभयो ?
हामीले सरकारलाई दिएको समर्थन एकाएक नभई बाध्य भएर फिर्ता लिएका हौँ । वर्तमान गठबन्धन सरकार निर्माण भएदेखि नै हामीले संविधान संशोधनका लागि घचघच्याइरहेका थियौँ । समर्थन फिर्ता लिनुपूर्व हाम्रा माग पूरा गर्न सरकारलाई सात दिनको अल्टिमेटम दिँदै हामीले भनेका थियौँ— पहिला संविधान संशोधन गरेपछि मात्रै निर्वाचन गरौँला । तर, सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाई निर्वाचन प्रक्रिया थालेपछि बाध्य भएर हामीले समर्थन फिर्ता लिएका हौँ ।
२. प्रधानमन्त्रीले त आयोगमार्फत सीमांकनको टुंगो लगाउने प्रस्ताव गर्नुभएको रहेछ नि ?
प्रधानमन्त्रीको यो हावादारी प्रस्ताव हो । ठोस रूपमा समस्याको समाधान कसरी गर्ने भन्ने कार्ययोजनाबारे कहिल्यै नसोच्ने तर वार्ता गर्दा यो पनि गर्छु, ऊ पनि गर्छु भन्ने तर केही पनि नगर्ने उहाँको विशेषता नै बनिसकेको छ । ठोस रूपमा काम हुनुपर्यो भन्ने हाम्रो मान्यता हो । खालि आश्वासनले मात्रै मुलुक चल्दैन । यदि प्रधानमन्त्रीज्यूले परिमार्जनसहित संविधान संशोधन गर्नुभयो, गाउँपालिका, नगरपालिका निर्माणको निर्णय सुधारेर जनसंख्याको आधारमा बनाउनुभयो भने हाम्रो निर्णयमा पुनर्विचार गर्न सकिन्छ । तसर्थ समर्थन फिर्ता र आन्दोलन घोषणा मधेसी मोर्चाको बाध्यता हो । हाम्रो माग सरकारले पूरा गर्दाको दिन धन्यवाद दिएर सहकार्य गर्न तयार हुन्छौँ ।
३. संविधान संशोधन प्रस्ताव पास हुन आवश्यक दुईतिहाइ नजुट्ने अवस्थामा प्रधानमन्त्रीको यो प्रस्ताव ठिकै होइन र ?
आयोग केका लागि बनाउने ? कसरी बनाउने ? किन बनाउने ? आयोगले समस्या समाधान गर्ने आधार के–के हुन् ? विगतका सम्झौताअनुरूप आयोगलाई काम गर्ने अधिकार दिइन्छ कि दिइँदैन ? भन्ने विषयमा सरकारको ठोस धारणा नआई खाली आयोग बनाउँछु भनेर मात्रै केही हुँदैन । आयोग त योभन्दा पहिला पनि धेरै बने, तर ती आयोगका प्रतिवेदन लागू भएको खोइ ? तसर्थ आयोग बनाएर मात्रै समस्या समाधान हुँदैन । आयोगले समस्या समाधान गर्ने विषयमा ठोस आधार नआई हामी सहमतिमा आउन सक्दैनौँ । हाम्रो मूल लडाइँ नै सीमांकनको हो, त्यो नै नहुने गरी गोलमटोल गरेर कसरी समाधान निस्किन्छ ?
नयाँपत्रिकाबाट
Comments
अरु समाचार
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...












