आइजीपी बिबादः समयअभावले मुद्दा हेर्दा हेर्दैमा
काठमाडौं । प्रहरी महानिरीक्षक ‘आइजीपी’ नियुक्तिको विषयमा परेको मुद्दामा निवेदकको तर्फका अधिवक्ताहरु, कपिलदेव ढकाल, डा चन्द्रकान्त ज्ञवाली, ओमप्रकाश अर्याल, बद्रीबहादुर कार्की, अच्युतराज बुढाथोकी, डा भिमार्जुन आचार्य, बालकृष्ण नेउपाने, तुलसी भट्ट, बाबुराम कुँवर, शम्भु थापा, हरी फुयाल, मेघराज काफ्ले र गोविन्द बन्दीसमेत १४ जना अधिवक्ताले बहस गरे ।
बिपक्षी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका दुई सह–महान्यायाधिवक्ता र आइजीपीमा बढुवा भएका जयबहादुर चन्दतर्फका अधिवक्ताहरुको बहस बाँकी रहेको छ । समयअभावका कारण हेर्दाहेर्दैमा मुद्दा राखेर भोलि पुनः सुनुवाई हुने हुनेछ ।
सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशिला कार्कीसमेत ५ जना न्यायाधीशको बेञ्चमा मुद्दाको सुनुवाई सुरु भएको हो ।
सरकारका कानूनी सल्लाहकारका रूपमा चिनिने महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले प्रहरी प्रमुखको बढुवा विवादसम्बन्धी रिट सुनुवाइ गर्न सर्वोच्च अदालतमा गठन भएको इजलासप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले आपत्तिमात्र जनाएनन् उनी बहसमा गएनन् । उनले सहन्यायाधिवक्ता र उपन्यायाधिवक्तालाई बहसमा पठाए ।
प्रहरी प्रमुखको बढुवासम्बन्धी रिट पूर्ण इजलासबाट सुनुवाइ हुनुपर्ने ठहरसहित गठन भएको इजलासमा प्रधानन्यायाधीश कार्की, सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।
आइजीपी बढुवा विवादमा यसअघि आदेश दिइसकेका न्यायाधीशहरू नै पूर्ण इजलासमा दोहोरिएकाले त्यसबाट निष्पक्ष न्याय सम्पादनमा प्रश्न उठ्ने महान्यायाधिवक्ता श्रेष्ठको भनाइ छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












