आइजीपी विवादः आज फैसला हुँदै
काठमाडौं । प्रहरी महानिरीक्षक ‘आइजीपी’ नियुक्तिको विषयमा परेको मुद्दामा आज दोस्रो दिन पनि बहस भइरहेको छ । हिजो निवेदक डिआइजी नवराज सिलवालको तर्फका अधिवक्ताहरु, कपिलदेव ढकाल, डा चन्द्रकान्त ज्ञवाली, ओमप्रकाश अर्याल, बद्रीबहादुर कार्की, अच्युतराज बुढाथोकी, डा भिमार्जुन आचार्य, बालकृष्ण नेउपाने, तुलसी भट्ट, बाबुराम कुँवर, शम्भु थापा, हरी फुयाल, मेघराज काफ्ले र गोविन्द बन्दीसमेत १४ जना अधिवक्ताले बहस गरेका थिए । आज आइजीपीमा नियुक्त डिआइजी जयबहादुर चन्द पक्षका वकील र सरकारी वकील सहन्यायाधीवक्ता रेवती त्रिपाठी तथा उपन्यायाधीवक्ता त्रिकेन्द्र दाहालले बहस गर्नेछन् । तर, चन्द पक्षका वकीलले बहस गर्ने या नगर्ने टुंगो भएको छैन ।
हिजो समयअभावका कारण हेर्दाहेर्दैमा मुद्दा राखेर आज पुनः सुनुवाई सुरु भएको हो । सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशिला कार्कीसमेत ५ जना न्यायाधीशको बेञ्चमा मुद्दाको सुनुवाई सुरु भएको हो । सरकारका कानूनी सल्लाहकारका रूपमा चिनिने महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले प्रहरी प्रमुखको बढुवा विवादसम्बन्धी रिट सुनुवाइ गर्न सर्वोच्च अदालतमा गठन भएको इजलासप्रति गम्भीर आपत्ति जनाउँदै उनी बहसमा गएनन् । उनले आपत्तिमात्र जनाएनन् सहन्यायाधिवक्ता र उपन्यायाधिवक्तालाई बहसमा पठाए ।
प्रहरी प्रमुखको बढुवासम्बन्धी रिट पूर्ण इजलासबाट सुनुवाइ हुनुपर्ने ठहरसहित गठन भएको इजलासमा प्रधानन्यायाधीश कार्की, सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् । आइजीपी बढुवा विवादमा यसअघि आदेश दिइसकेका न्यायाधीशहरू नै पूर्ण इजलासमा दोहोरिएकाले त्यसबाट निष्पक्ष न्याय सम्पादनमा प्रश्न उठ्ने भन्दै महान्यायाधिवक्ता श्रेष्ठ बहसमा नगएका हुन् ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












