यस्ता छन् काठमाडौं महानगरमा एमालेका मेयर दाबेदार
काठमाडौं । आगामी बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुने या नहुनेमा अझै अन्यौल नै छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल कम्युनिष्ट पार्टी बिप्लव समूह र केही पहाडका हतियारधारी जातीय समूह निर्वाचनमा सहभागी नहुने र हुन पनि नदिने अडानमा छन् । यसै समयमा निर्वाचनको माहोल भने अघि बढिरहेको छ ।
निर्वाचन आयोगले मतपत्र छाप्न नै सुरु गरिसकेको छ । अहिले राष्ट्रियताको विषय र मेची–महाकाली अभियानका कारण नेकपा एमाले सबैको चासोको बिषय बनेको छ ।
देशकै राजधानी र मुख्य राजनीतिक केन्द्र मानिने काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयरका लागि को को प्रतिस्पर्धी छन् त ? यो प्रश्नमा चिया पसलदेखि पानपसल र चौतारीसम्म छलफल र बहस हुन थालेको छ ।
एमाले उच्च स्रोतका अनुसार पार्टी सचिव योगेश भट्टराई, एमाले मुख्यालयका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ मेयरका प्रमुख दावेदार देखिएका छन् । भट्टराई र श्रेष्ठमात्र होइन यो लाइनमा जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्यसम्म चर्चामा छन् । यस्तै उपमेयरमा पार्टी सचिव शंकर पोख्रेलकी श्रीमति सुजिता शाक्य, विद्या न्यौपाने, रन्जना मास्केको नाम चर्चामा छ ।
२०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेकै केशव स्थापित मेयरमा निर्वाचित भएका थिए । तर, उनी दिनदिनै अलोकप्रियमात्र बनेनन् पार्टी नीतिविपरीत नै गएर अभिव्यक्ति दिन थालेपछि उनलाई पार्टीले यस पटक मेयरमा नउठाउने पक्का छ ।
देश संघीयतामा गएपछि ४ महानगर, १३ उपमहानगर, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका भएका छन् । पछिल्लो राजनीति गतिविधिका कारण निर्वाचन भएमा २०५४ को जस्तै नेकपा एमालेले स्थानीय निकायमा बहुमत ल्याउनेमा एमाले नेताहरु ढुक्क छन् ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












