महान्यायाधिवक्ता श्रेष्ठले हुल्याहा प्रवृत्ति देखाएको अध्यक्ष ओलीको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले हुल्याहा प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
एमालेको मेची महाकाली राष्ट्रिय अभियानका सहयोगीहरुलाई सम्मान गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सो आरोप लगाएका हुन् ।
सरकारी पदमा बसेका मान्छे बहसमा जाँदा झन्डा लिएर जाने, यो कार्यशैली, गतिविधि पार्टीका हुल्याहा कार्यकर्ताका जस्तो देखिएको बताउँदै अध्यक्ष ओलीले सरकारी वा जिम्मेवार पदमा बसेका मान्छेको उच्च आचरण हुने बताए । उनले भने, ‘अब यस्ता मान्छेले देश चलाउँदा, देश कस्तो होला ?’ न्यायाधीशको बेन्चमा मुद्दा नपर्दा इजलाश बहिष्कार गर्ने कस्ता महान्यायाधिवक्ता ?’
महान्यायाधिवक्ता श्रेष्ठसहितका कानुन व्यवसायीहरुले अन्तरिम आदेश दिने न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, हरिकृष्ण कार्कीलाई नै अन्तिम सुनुवाइका लागि गठन भएको बेञ्चमा सहभागी गराएर स्वत्नत्र न्याय दिन नसकिने भन्दै नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दाको बेच्च बहिष्कार गरेका थिए ।
अर्को प्रसंगमा अध्यक्ष ओलीले संविधान कार्यान्वयन र निर्वाचनका सन्दर्भमा आफ्नो पार्टीले चलाएको मेची–महाकाली अभियानका क्रममा मधेसमा द्वन्द्व निम्त्याउन खोजिएको टिप्पणी गरे ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












