निर्वाचन अनुगमनसम्बन्धी निर्देशिका आउँदै
काठमाडौं । निर्वाचन आयोगले आशन्न स्थानीय तहको निर्वाचनमा अनुगमनसम्बन्धी बेग्लै निर्देशिका ल्याउने भएको छ ।
आगामी वैशाख ३१ गते स्थानीय निर्वाचनमा हुने सबै प्रक्रियाको अनुगमनका लागि त्यस्तो निर्देशिका बन्दै गरेको र चाँडै जारी हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
आयोगले यसअघि निर्वाचन आचारसंहिता अनुगमन निर्देशिका–२०७३, स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति र निर्देशिका–२०७३ जारी गरिसकेको छ। आयोगमा पर्यवेक्षण पाऊँ भनी संस्थागत आवेदन दिने क्रम सुरु भएको छ।
यस्तै आयोगले मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७३ पनि जारी गरिसकेको छ। निर्वाचन ऐन, २०७३ को दफा ४४ बमोजिम ती निर्देशिका जारी भएका हुन्। स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति र निर्देशिकामा निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन गोप्य मतदानबाहेकका अन्य प्रक्रियामा अधिकतम् पारदर्शी बनाइने उल्लेख छ। सोका लागि पर्यवेक्षक हुने संस्था र व्यक्तिलाई अभिमुखीकरण र क्षमता विकास गरी खटाउने आयोगको नीति छ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












