इजरायमा रोजगारीकालागि १४ सय ६६ जनाले दिए आवेदन
काठमाडौँ १२ चैत । इजरायलमा केयर गिभरका रुपमा जान १४ सय ७७ जनाले आवेदन दिएका छन् । आवेदन दिएका मध्ये योग्य उम्मेद्वारको विवरणलाई वैदेशिक रोजगार विभागले अर्को चरणको छनोटकोलागि इजरायल समक्ष पेश गर्नेछ । इजरायलले त्यसमध्येबाट १ सय कामदारलाई चिठ्ठाको माध्यमबाट छनोट गरी अन्तिम चरणको भाषा परीक्षामा समावेश गर्नेछ ।
सय जनाबाट छानिएका मध्य ६० जना मात्र नेपाली कामदार इजरायल जानेछन् । यस अघि पहिलो चरण ५९ जना केयर गिभर लगेको इजरायलले लामो समय पछि दोस्रो चरणमा कामदार लैजाने भएको हो । ५१ महिनाको श्रम सम्झौतामा इजरायल जान इच्छुकसँग वैदेशिक रोजगार विभागले आवेदन मागेको थियो ।
चैत ९ गते सम्ममा आवेदन दिनेहरुको अहिले कागजात अध्ययन भइरहेको वैैदेशिक रोजगार विभागले जनाएको छ । यसपछि इजरायलले विद्युतीय माध्यमबाट १ सय कामदारको लागि लट्री गर्नेछ । यसबाट छानिनेले भाषा परिक्षा पनि दिनुपर्ने छ ।
शारीरिक रुपले स्वस्थ्य केयर गिभरको अन्तिम छनोट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीएले गर्ने विभागले बताएको छ । इजरायल जानकालागि, तौल कम्तीमा ४५ केजी भएका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका , उचाइ कम्तिमा ५ फिट भएका र एसएलसी पास भएका मात्र इजरायली भाषा परीक्षाका लागि योग्य मानिनेछन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट मान्यताप्रात्त सँस्थाबाट ३ महिनाको केयर गिभर तालीम वा प्राक्टिकल नर्सिङ पूरा गरेको प्रमाणपत्र पनि आवश्क पर्नेछ । साथै इन्टरमिडियट लेभलको अङ्ग्रेजी भाषाको ज्ञान भएको हुनुपर्ने छ । इजरायल जाँदा कल्याणकारी कोष , बीमा , स्वास्थ्य परीक्षण तथा हवाई टिकटको सबै खर्च कामदार आफैंले ब्यहोर्नुपर्ने छ ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












