विगतमा भएका समझदारी लागू हुनुपर्ने – अध्यक्ष ठाकुर
विराटनगर, १२ चैत । तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संयुक्त मधेसी मोर्चासँग विगतमा भएका समझदारीलाई सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताएका छन् ।
सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद्मा प्रस्तावित सीमाङ्कनलगायतका विधेयकलाई परिमार्जनसहित पारित गर्नुका साथै धारा २७४ लाई पनि संशोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले विरोध गर्ने र निर्वाचन हुन नदिने मोर्चाको स्पष्ट अडान रहेको बताउँदै सरकारले जबर्जस्ती निर्वाचन गराए पनि त्यस्तो निर्वाचन मान्य नहुने धारणा व्यक्त गरे
वार्ताको पक्षमा मोर्चा सदैव तत्पर छ, उनले भने — ‘सिके राउतको एजेन्डा मोर्चाको एजेन्डा भन्दा बिल्कुलै फरक छ ।’
अध्यक्ष ठाकुरले जनसङ्ख्याको सिद्धान्त विपरीत पुनःसंरचना आयोगले स्थानीय तहको संरचना निर्माण गरेको उल्लेख गर्दै “५१ प्रतिशत जनसङ्ख्या भएको मधेसमा मात्र ३५ प्रतिशत र ४९ प्रतिशत जनसङ्ख्या भएको हिमाल, पहाडका लागि ६५ प्रतिशत भाग छुट्याएका संरचनाको तह मान्य हुने छैन भने।”
सङ्घीयतामा केन्द्र र प्रदेश दुई तह हुनुपर्नेमा नेपालमा स्थानीय तहसमेत गरी तीन तह गरेको उल्लेख गर्दै उनले भने – ‘प्रदेशको माहतहमा स्थानीय तह राखेर दुई तह बनाउनुपर्ने मोर्चाको माग छ ।’
अध्यक्ष ठाकुरले स्थानीय तह पुनःसंरचना आयोगले विवादित संरचना बनाएको र पूर्णता नपाएको अवस्थामा निर्वाचनको घोषणा गर्नु गलत भएको स्पष्ट पारे।
दलको मान्यताका लागि तीन प्रतिशतको थ्रेसहोल्ड मान्य नहुने उल्लेख गर्दै उनले संसद्देखि सडकसम्म यसको विरोध गर्ने जानकारी गराए ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












