पत्रकारमा सत्यनिष्ठता, स्वाभिमान र राष्ट्रभक्ति हुनुपर्ने
पोखरा । नेपाल पत्रकार महासङ्घको ६२औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा पत्रकारितालाई मर्यादित पेसाका रुपमा विकास गर्न महासङ्घको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
अन्तक्र्रियामा पत्रकार महासङ्घ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले पत्रकारमा सत्यनिष्ठता, स्वाभिमान एवम् राष्ट्रभक्ति जस्ता गुण अपरिहार्य भएको बताए ।
शाखाका पूर्वअध्यक्ष एवम् पुरस्कार निर्देशिका परिमार्जन उपसमितिका संयोजक बद्रीविनोद प्रतीकले शाखाद्वारा सञ्चालित पुरस्कारको गरिमा र महत्वलाई अभिवृद्धि गर्न प्राप्त सुझावलाई समेटेर अघि बढिने बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले महासङ्घलाई दलविशेषको सङ्गठनभन्दा पनि स्वतन्त्र संस्थाका रुपमा विकास गर्नुपर्र्नेमा जोड दिए ।
पूर्वअध्यक्ष नारायण कार्कीले शाखाबाट प्रदान गरिने पुरस्कारलाई स्थानीय, प्रान्तीय र राष्ट्रिय गरी पुरस्कारलाई तीन तहमा विभाजन गर्न सकिने सुझाव दिनुभयो । पूर्वअध्यक्ष रवीन्द्र बाँस्तोला र पूर्वअध्यक्ष पुण्य पौडेलले वर्तमान अवस्थामा श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक मात्र नभएर पत्रकारको व्यक्तित्व विकास, बिमा वृत्ति विकासजस्ता धेरै कुरा सम्बोधन गर्नु आवश्यक भएको बताए।
पत्रकार महासङ्घ कास्कीका सल्लाहकार रमेश पौडेलले महासङ्घलाई यस अवस्थासम्म ल्याइपु¥याउने संस्थापक कृष्णप्रसाद भट्टराई तथा अन्य अग्रजको योगदानको स्मरण गर्नुभयो । महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासङ्घ, कास्की शाखालाई श्रमजीवी पत्रकारको साझा संस्थाका रुपमा विकास गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।

Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...