तामाखानी उत्खननको पर्खाइमा
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीमा रहेको तामाखानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ ।
डेढ शताब्दीदेखि बन्द अवस्थामा रहेको तामाखानी संरक्षणको अभावमा बेवारिसे बनेको छ । साविक पाखापानी गाविसको– ५ र ६ नम्बर वडामापर्ने ठाडाखानी गाउँ भन्दामाथि पहाडको फेदीमा रहेका खानी संरक्षण नहुँदा पुरिँदै गएका छन् ।
तत्कालीन सरकारले आम्दानी भन्दा बढी कर ९भेजा० तिर्नुपर्ने व्यवस्था गरेपछि खानी बन्द भएको ठाडाखानीका ८८ वर्षीय रनप्रसाद छन्त्यालले बताए । दुईपुस्ता अघिसम्म खानीबाट तामा उत्खनन भएको उनको भनाइ छ ।
ठाडाखानी गाउँदेखि एक घन्टा पैदल हिँडेपछि पुगिने पूर्णगाउँस्थित पहाडको फेदीमा त्यसबेला खानी खन्नका लागि बनाइएको सुरुङ भेटिन्छ । त्यहाँ तामाखानीभित्र पस्ने १२ वटा सुरुङ रहेका छन् । ठाडाखानीमा बसोवास गर्ने छन्त्याल समुदायका पूर्खाले ती सुरुङभित्र छिरेर तामा उत्खनन गरी जीविकोपार्जन गर्दै आएका थिए ।
ठाडाखानीको तामा भाँडावर्तन र सिक्का बनाउन प्र्रयोग हुने गरेको थियो । देशका विभिन्न ठाउँका व्यापारी तामा किन्नका लागि गाउँमै पुग्ने गरेका थिए । तामाबाट ताउला, गाग्रीलगायतका भाँडा बनाउने गरिन्थ्यो ।
अहिले नेपाली बजारमा आयातित तामाको प्र्रयोग हुने गरेको छ । अध्ययन, अनुसन्धान गर्ने हो भने अहिले पनि तामा उत्खननको सम्भावना रहेको स्थानीय बासिन्दा नरेश छन्त्यालले बताए ।
आधुनिक प्रविधि र यन्त्र उपकरणको विकास भएकाले तामा उत्खनन गर्न सकिने उहाँको भनाइ छ । सरकारी निकायसँग ठाडाखानीका बासिन्दाले तामाखानीको संरक्षण र अनुसन्धानको माग गरेका छन् । हिलो, पातपतिङ्गर र बाढीले तामाखानीभित्र पस्ने सुरुङ पुरिँदै गएका छन् ।
एक किलोमिटर भित्रसम्म सुरुङ रहेको स्थानीय बासिन्दा बताउँछन् । पहाडको फेदीमा रहेको पाखोमा खानीबाट निकालेपछि तामा प्रशोधन गर्ने क्रममा फालिएका धातुका टुक्रा प्रशस्त भेटिन्छ ।
ठाडाखानीमा ९० घरधुरी छन्त्याल, मगर र दलित समुदायको बसोवास छ । उनीहरु तामा खन्नका लागि बागलुङको लामेला तमानबाट बसाइँसराइ गरेर आएको बुढापाकाले बताए ।छन्त्याल समुदायको पुख्र्यौली पेसा तामा खन्ने रहेको थियो ।
तामाखानी सञ्चालनमा आएमा रोजगारीको सिर्जना र स्थानीयस्तरमै आयआर्जनको अवसर प्राप्त हुने ठाडाखानीका मनबहादुर बुढाथोकीले बताए ।
स्थानीय तह कार्यान्वयनमा आएसँगै ठाडाखानीलगायत म्याग्दीका विभिन्न ठाउँमा रहेका खानी सञ्चालनमा आउने आशा पलाएको छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












