एसिसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा हङकङ ७ विकेटले पराजित
काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको नेपालले अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराएको छ ।
हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै ५ ओभर ४ बल अगावै खेल जिताए ।
दुवैले अर्धशतक पूरा गरे । शरदले ५५ रन बनाए । उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्रले पनि ८२ बलमा ६० रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।
ज्ञानेन्द्र मल्लले नेपालको सुरुवात उत्कृष्ट गरेका थिए । पहिलो विकेटका लागि ज्ञानेन्द्रले आसिफ हेखसँग मिलेर ३७ रनको साझेदारी गरे । ११औं ओभरमा आसिफ ८ रनको ब्यक्तिगत स्कोरमा आउट भएपछि अर्का खेलाडि दिलिपनाथले कप्तानसँग मिलेर अर्को ४४ रनको साझेदारी गरे ।
दिलिप २०औं ओभरमा व्यक्तिगत १२ रनमा आउट हुँदा नेपालले ८१ रन जोडेको थियो । २६औं ओभरमा कप्तान ज्ञानेन्द्र मल्ल पनि ७० रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले ८२ बल खेल्दै ११ चौका प्रहार गरे ।
यसअघि शेख कमल अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा दुवै विकेट गुमाउँदै २१४ रन जोडेको थियो । उसका लागि ओपनरहरु अन्सुमन राथले ५१ तथा क्यामरुन मकल्सेनले ४३ रन जोडेपनि अन्यको प्रदर्शन उल्लेखनीय रहेन ।
बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले ३ विकेट लिँदा ज्ञानेन्द्र मल्ल, भुवन कार्की र शुशान भारीले २र२ तथा सन्दिप लामिछानेले १ विकेट लिए ।
नेपालले यसअघि पाकिस्तान र बंगलादेशका यु(२३ टिमसँग पराजित बेहोर्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ । यो नेपालका लागि जितमात्र होइन आइसीसी विश्वकप क्रिकेट लिग च्याम्पियनसीपको छैटौं चरणमा हङकङसँग खेल्न लागेको नेपालले आफ्नो मनोबल बढाएको छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












