१० वटा ब्रुमर किन्ने महानगरको तयारी,अब काठमाडौंका सडकमा धुलो देख्न नपाइने !
काठमाडौं । महानगरपालिकाले सडकमा जम्ने धुलो सफा गर्न १० वटा ब्रुमर किन्ने भएको छ। महानगरका प्रमुख कार्यकारी ईश्वरराज पौडेलले शुक्रबार तत्काल सुधारको कार्ययोजना पेस गर्दै ६ महिनाभित्र १० वटा ब्रुमर किनेर सडक सफा गर्ने जानकारी दिएका हुन् ।
काठमाडौंको धुलोले जनस्वास्थ्यमा असर परेको, वातावरणीय प्रदुषण बढेको भन्दै धुलो कम गर्न महानगरले आफ्नो क्षेत्र र आसपासका सडक सफा गर्न ब्रुमर किन्न लागेको हो।
महानगरले ६ वटा यस्ता ब्रमुर किन्न टेन्डर प्रक्रिया तयार पारिसकेको अधिकारीहरुले बताएका छन्। ५ घनमिटर क्षमताका एउटा ब्रुमरको खरिददर २ करोड रुपैयाँ पर्न जान्छ। कूल १० वटा किन्न १५ देखि १६ करोड रुपैयाँ लाग्ने महानगरले अनुमान गरेको छ।
केही ५ घनमिटरका र केही थोरै क्षमताका किन्ने योजना बनाएको महानगरलाई बजेटको व्यवस्था सरकारले गरिदिने प्रतिबद्धता जनाएको एक अधिकारीले बताए।
महानगरले पहिलोचरणमा ६ वटा र दोस्रो चरणमा ४ वटा यस्ता ब्रमुर ल्याउने योजना बनाएको छ। जसको लागि टेन्डर प्रक्रिया कम्तिमा पनि तीन महिना लाग्ने हुँदा केही समय लाग्ने प्रमुख कार्यकारी पौडेलले बताए।
हाल महानगरसँग एउटा ब्रमुर छ। ०६८ सालमा चीन सरकारको अनुदानमा दिएका थोरै क्षमताका दुईवटा ब्रुमर भने बिग्रिएर थन्किएका छन्। त्यस्तै सार्क शिखर सम्मेलनको क्रममा खरिद गरिएको एउटा ब्रुमर भने चालु छ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












