निर्वाचन आयोग घेर्न गएका डा.बाबुराम भट्टराई पक्राउ
काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पक्राउ परेका छन् ।
प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।
दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए । भट्टराईसहितका नेताहरु जुलसससहित अयोगतर्फ अघि बढेका प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए । नेताहरुलाई अहिले नेपाल प्रहरी २ नं. गण, महाराजगञ्जमा राखिएको छ ।
त्यस्तै निर्वाचन आयोग अगाडि धर्नामा बसेका बेला पक्राउ परेका संयोजक भट्टराईले महेन्द्र पुलिस क्लवमा धर्ना सुरु गरेका छन् । भट्टराईससहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मालगायतका नेताहरुले नेपाल पुलिस क्लबभित्रै धर्ना सुरु गरेका हुन् ।
संविधानको धारा २६९ (७०) र (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधानविपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चिन गरेको भन्दै नयाँ शक्तिलगायतका साना दल आन्दोलित छन् । निर्वाचन आयोगले भने संसदमा प्रतिनिधित्व गर्ने २६ दललाई मात्रै आफ्नै चुनाव चिन्ह दिएको छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












