अब अदालतको आदेशबिना फोन रेकर्ड हेर्न नपाइने
काठमाडौं । सर्वोच्च अदालतले अपराध अनुसन्धानका नाममा टेलिफोन कल डिटेल हेर्ने प्रहरीको कार्यलाई गैरकानुनी भन्दै आइन्दा अदालतको अनुमतिविना कल डिटेल नहेर्न आदेश दिएको छ ।
कल डिटेल हेर्ने कार्य गोपनीयताको हकविपरीत भएको दाबीसहित परेको रिट निवेदनमा अदालतले लामो समयपछि कल डिटेल लिने र दिने दुवै कार्यलाई अदालतले गैरकानुनी कदम भन्दै पूर्ण आदेश दिएको हो ।
अधिवक्ता बाबुराम अर्यालसहित चारजनाले दायर गरेको रिट निवेदनमा अदालतले निवेदक पक्षले बहस नगरे पनि कल डिटेललाई व्यक्तिको गोपनियताको हकसँग जोडेर यस्तो गोप्य कुरा हेर्नु कानुनविपरीत भनेको हो ।
अदालतले अनुसन्धानको सिलसिलामा कसैको टेलिफोन कल वा एसएमएस हेर्न पाउने कानुनी व्यवस्था हालसम्म नभएको भन्दै त्यस्तो कार्यअघि सम्बन्धित जिल्ला अदालतको अनुमति लिनुपर्ने बाध्यकारी फैसला गरेको छ । तर, यो फैसलासँगै प्रहरीले भने अनुसन्धानमा केही असहज भएको बताएको छ ।
‘पहिले घटना हुनेबित्तिकै हामीले सुरुमै जसको टेलिफोन रेकर्ड हेरथ्यौं । उसको कताकता कनेक्सन भनेर पत्ता लगाउँथ्यौं । त्यसैको आधारमा लोकेसन हेरेर अन्य व्यक्तिलाई नियन्त्रणमा लिई कारबाही हुन्थ्यो । तर ,अहिलेको परिस्थिति त्यस्तो छैन ’, महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश आत्यले भने, ‘यसैका कारण अनुसन्धान प्रभावित भएको छ भन्नत मिल्दैन तर केही असहज भने भएकै हो ’ । अदालतको आदेश ल्याउन्जेल अपराधी भागिसक्ने भएकाले अनुसन्धान ढिलो र कम प्रभावकारी हुन सक्ने उनको भनाइ छ ।
‘ दैनिक सयौं उजुरी आउने तर कल डिटेल्स लिन हरेकका लागि अदालतको आदेश लिनुपर्ने व्यवस्थाले दोषी भाग्ने सम्भावना हुन्छ ’, उनले भने । अपराधी पक्राउ गर्ने भनेकै कल डिटेल्स र लोकेसन पत्ता लगाएर हुने भएकाले त्यो कुरा अदालत हुँदै दूरसञ्चार कम्पनी पुगुन्जेतसम्म अपराधीले डाँडा काटिसक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रहरीले यसअघि अनुसन्धान प्रक्रियामा पहिलो विश्वसनीय स्रोतको रुपमा कल डिटेल्स र लोकेशन ट्रयाकिड्लाई नै लिने गर्दथ्यो । उसले सम्बन्धित टेलिफोन सेवा प्रदायकसँग यसबारे जानकारी लिन सक्ने अवस्था थियो । अब सर्वोच्चको आदेशले व्यक्तिको रेकर्ड हेरेर लाभ उठाउनेलाई भने अब मुस्किल भएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












