प्रचार नहुँदा क्षेत्रीय संग्रहालय ओझेलमा
सुर्खेत । विभिन्न संस्कृति तथा भाषाभाषी भएको संगम स्थलको रुपमा चिनिने यस सुर्खेत जिल्लामा पर्यटनको थुप्रै सम्भावनाहरु रहेको छ ।
पर्यटनको विविध सम्भावना बोकेका प्राकृतिक र धार्मिक लगायतका विभिन्न क्षेत्रको विकासको पर्याप्त सम्भावनालाई कुरेर बसेको सुर्खेत पछिल्लो समय पर्यटकिय आकर्षक गन्तव्यको केन्द्रविन्दु बन्न पुगेको छ । यस जिल्लामा अवस्थित क्षेत्रीय संग्रहालय एक महत्वपूर्ण संग्रहालयको रुपमा हेर्न सकिन्छ ।
यो संग्रहालय वि.स २०४६ सालमा स्थापनमा भए पनि २०५७ सालबाट सञ्चालनमा ल्याईएको पाईन्छ । विभिन्न जातजातीको मौलिक पहिचान झल्कने पुरातात्विक विभिन्न सामाग्री संकलन भण्डारण र संरक्षण गरी क्षेत्रीय स्तरमा बहुउद्देशीय संग्रहालय रुपमा विस्तार गरे पनि केही वर्ष ओझेलमा परेको छ ।
जिल्लामा धेरै जातजातीको बासिन्दाहरुको बहुलियता भए पनि अहिले यो संग्रहालमा विशेष गरी ४ वटा समुदायका परम्परागत भेषभुषा झल्कने पुराना राजाहरुका पालका चाँदीका सिक्का, भाँडाकुडा, हाते औजार, बाजागाजाहरु राखिएको छ । यस संग्रहालयमा अध्ययन तथा अनुसन्धान गर्न आउने जो कोहीले पनि यसको अवलोकन गर्न पाउँछन् । संग्रहालयमा मगर, थारु, राउटे जातीको परम्परा झल्कने सामाग्रीहरु पनि राखिएको छ भने गत वर्षबाट कुमाल जातीको भेषभुषा पनि राखिएको छ ।
सिमान्तकृत समुदायका बासिन्दाहरु लोप हुने अवस्था छन् । स्थानीय युवक डिलबहादुर बोटेले बोटे समुदायको पनि भेषभुषा संग्रहालयमा राख्नुपर्ने सुझाव दिए । साथै बोटे जातिको संरक्षणमका सरकारले उचित ध्यान नदिएको गुनासो पनि पोखे । संग्रहालयमा अवलोकनमा आउने अवलोकनकर्ताले विशेष गरी ४ वटा जातीको मात्र नभई ब्राह्मण र क्षेत्री लगायत अन्य जातिको परम्परा झल्कने भेषभुषा राख्न सुझाव दिएका छन् ।
संग्रहालय प्रमुख नवराज अधिकारीले २०७३ साल साउनदेखि फागुन सम्म ६ हजार ५ सय ८४ जनाले संग्रहालयमा अवलोकन गरेको जानकारी दिए । जसमा ३ हजार ६ सय ८७ जना विद्यार्थीले संङग्रालय अवलोकन गरेको तथ्याङ्क छ । त्यस्तै सर्वसाधारण २ हजार ८ सय ६८ जना, सार्क राष्ट्रबाट ३ जना र अन्य मुलुकबाट ६ जनाले संग्रहालय अवलोकन गरेको अधिकारीले जानकारी दिए ।
प्रमुख अधिकारीले शुक्रबार र शनिबार धेरै अवलोकनकर्ता आउने जानकारी दिए । प्रत्येक हप्ताको मंगलवार बिदा हुन्छ । अन्य जिलला कैलाली, बाँके, बर्दिया, जाजरकोट र दैलेख लगायतबाट पिकनिक आउने गरेको उनले जानकारी दिए । पूर्वाधार निमार्ण कार्य भइरहेकाले साउन महिनादेखि नयाँ संग्रहालय खुल्ने प्रमुख अधिकारीको भनाई छ ।
ऐतिहासिक पुरातात्विक संस्कृति संरक्षण तथा संमवद्र्धन गर्नका लागि ३१ वटा ठाँउहरुलाई अनुदान दिएको उनले बताए । अबको मध्यपश्चिमाञ्चल क्षेत्रीय सङग्राहलयबाट नयाँ संग्रहालय निमार्णमा क्षेत्रीय संग्रहालयसँग सम्झौता भई अछाम जिल्लामा बैलयता क्षेत्रमा सँस्कृतिक संग्रहालयको स्थापनाको लागि दश लाख, कैलाली जिल्ला पथटैया गाविसमा जातिय संग्रहालय स्थापनाका लागि २० लाख, लम्की कैलाली चुहा नगरपालिकामा सांस्कृतिक संग्रहालय स्थापना दश लाख र धनगडी जातिय संग्रहालय स्थापनमा पाँच लाख यसै गरी जुम्ला जिल्ला खस संग्रहालयको बाँकी कार्य भइरहेको अधिकारीले जानकारी दिए ।
उनले संग्रहालयको प्रवेश सम्बन्धि संक्षिप्त जानकारी लिनेको लागि नेपाल टेलिकमको सहयोगमा अडियो नोटिस बोर्ड सेवा सञ्चालन गरेको सङग्राहलय प्रमुख अधिकारीले बताए । सेवा लिनको लागी १६१८०८३५२१०७० मा डायल गरी सुन्न सकिने उनको भनाई छ ।
परम्परागत भेषभुषा, बाजागाजा, औजार हातहतियार लोप हुन लागेका जातजातीहरुको अध्ययन अनुसन्धान गरी संस्कृतिको जर्गेना गर्न सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ । चासो दिएनौ भने अहिले लोप हुन लागेको जातिहरुको अस्तिवका बारेमा नयाँ पुस्त बेखबर हुनेछन् ।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












