अख्तियारमाथि नलसिङगाडका निलम्वित निर्देशकले लगाए यस्तो आरोप
काठमाडौं । परामर्शदाता छनोटमा २७ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका नलसिङगाड जलविद्युत आयोजनाका निलम्वित कार्यकारीनिर्देशक मोतीबहादुर कुँवरले अख्तियारमाथि गम्भीर आरोप लगाएका छन्।
अदालतमा विचाराधीन मुद्दामा न्यायिक काम कारवाहीलाई समेत प्रभावित पार्नेगरी दैनिक पत्रिकामा विज्ञप्ति प्रकाशन गरी अख्तियार जल माफियाको चंगुलमा परेर आफुमाथि मुद्दा लगाएको आरोप कुँवरले लगाएका हुन्।
परामर्शदाता छनोटमा कुनै अपारदर्शी काम नभएको भन्दै उनले उर्जा मन्त्रालय, संसद्को सार्वजनिक लेखा समिति र अख्तियार माफियाबाट प्रभावित भएको आरोप लगाए।
विज्ञप्तिमा उनले आफुजस्तो इमानदार, कर्तव्यनिष्ठ, र निर्दोष राष्ट्र सेवकमाथि षडयन्त्रपूर्वक मुद्दा चलाइएको भन्दै त्यसलाई सतीले सरापेको देश’को संज्ञा दिए।
मन्त्रिपरिषद्बाट आयोजना विकास समितिलाई विघटन गराउने प्रस्ताव असफल भएपछि माफियाहरुले उर्जा मन्त्रालय, संसद्को सार्वजनिक लेखा समिति र अख्तियारलाई दुरुपयोग गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘ उत्कृष्ठ प्रगति गरेको राष्ट्रिय गौरवको आयोजनालाई हस्तक्षेप गर्नु राष्ट्रकै लागि दुर्भाग्य हो। नलसिङगाडले यो जलविद्युत आयोजना विकास समितिलाई बेची खाने जल माफियाको यो ठूलो गेम प्लान हो।
छिट्टै षड्यन्त्रको सतहमा छताछुल्ल हुनेछ। कृपया सवैले विचार गर्नुहोला। हामीलाई विश्वास छ, नलसिङगाड जलविद्युत आयोजनालाई माया गर्ने बहादुर जाजरकोटका विकासप्रेमी जनताहरुले नलसिङगाडलाई बेच्न दिने छैनन् र असली दलालहरुको भण्डाफोर गर्नेछन्।
हेर्नुहोस् विज्ञप्ती,
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि के हुँदैछ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












