पहरा फुटाउन सेनाद्वारा मनास्लु पदमार्ग अवरुद्ध
गोरखा, २५ चैत । मनास्लु पदमार्गको थुमीको अर्मला र लापु गाउँ जोड्ने बाटो बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् । बेनीघाट–आरुघाट–लार्के सडकअन्तर्गत सोती–लापु बेँसीखण्डमा पर्ने पहरा फुटाउन सेनाले विस्फोटनको तयारी गरेपछि पदमार्गमा हिँडडुल गर्न रोक लगाइएको हो ।
लापुभीरको बाटो अवरुद्ध भएपछि उत्तरी गोरखाका विभिन्न गाउँ जान मान्वु हुँदै आवागमन गर्नुपर्ने भएको छ । सेनाले पदमार्गको विकल्पमा अर्को बाटो नदेखाइ सडकको ट्र्याक खन्न भिरको पहरा फुटाउन विस्फोटनको तयारी गरेकाले मानिस तथा सामग्री बोक्ने खच्चड आवागमनमा गत सोमबारदेखि बन्द गरेकाले स्थानीयवासी रुष्ट भएकाछन् ।
सडक निर्माण कार्यदलका संयोजक नेपाली सेनाका निशान्त क्षेत्रीले एकपाइले भिरको पहरो फुटाउन विस्फोटनको तयारी गर्दै आएको बताउनुभयो ।
उत्तरी भेगमा सडक सुविधा पुगेको छैन । दिनहुँ एक हजार ५०० वटा खच्चडले चुम तथा न्रुवीमा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्दै आएका छन् । मनास्लु पदमार्गको विकल्पमा मान्वु हुँदै आवागमन गर्ने बाटो साँघुरो हुँदा पदयात्रा र खच्चड हिँडाउन समस्या भएको स्थानीय हर्कबहादुर गुरुङले जानकारी दिनुभयो । मनास्लु पदमार्ग भएर उत्तरी भेगका १४ वटा गाउँ पुग्न सकिन्छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अवरुद्ध पदमार्गको विकल्पमा मान्वुको बाटो सञ्चालन गरिएको भन्दै खच्चड हिँड्न सक्ने गरी बाटो र पुल फराकिलो बनाउन प्राविधिक अध्ययन भइरहेको जानकारी दिनुभयो । मनास्लु पदमार्ग आसपास हुँदै उत्तरी भेगसम्म पुग्ने सडकको नयाँ ट्र्याक खन्ने काम नेपाली सेनाले अघि बढाएको छ । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि के हुँदैछ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












