मेयरका लागि ललितपुरबाट कुन दलको को-को छन् प्रतिस्पर्धामा ?
काठमाडौं । जनतालाई घरमै सिंहदरबार ल्याइदिएको भन्दै प्रचारित स्थानीय तह जनप्रतिनिधिमार्फत शासन हुने दिन नजिकिएको चर्चासँगै त्यो घरछेउकै सिंहदरबार हाँक्न रहर गर्नेहरू बढ्दो गतिमा छन् ।
केन्द्र सरकारको राजधानी र मन्त्रीक्वार्टर रहेको ललितपुर जिल्ला नेताको झगडाका कारण ६ स्थानीय तहमा सीमित भएको छ । ०१५ सालदेखि ०६४ सम्म वामपन्थीले जितेको ललितपुर ०७० को निर्वाचनमा ३ वटै क्षेत्र लाने कांग्रेसमै स्थानीय निर्वाचनमा पनि टिकटका लागि सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको छ ।
एक महानगरपालिका, २ नगरपालिका तथा ३ गाउँपालिकामा वडाध्यक्षदेखि सांसदका आकांक्षीसम्मले मेयर वा गाउँपालिका प्रमुखको निम्ति दाबी पिटाउन थालेका छन् । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकाका लागि प्रमुख र उपप्रमुखसहितको प्रचार चुलिएको छ ।
२ लाख ८४ हजार ९ सय २२ जनसंख्या रहेको महानगरपालिकामा कांग्रेसबाट रामकृष्ण चित्रकार, भरत न्याछ्यों, प्रेमलाल महर्जन, बेखारत्न शाक्य आकांक्षी देखिएका छन् । २९ वटा वडा रहेको महानगरपालिकामा एमालेतर्फबाट जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र प्रेम महर्जनमध्ये एकले टिकट पाउने सम्भावना छ । जिल्ला कमिटी अध्यक्षसमेत रहेका व्यञ्जनकारले यसअघिका दुई संविधानसभा निर्वाचनमा दाबी नगरेकाले करिब–करिब सबैमा छाप बसिसकेको देखिएको छ ।
माओवादी केन्द्रबाट ज्यापु समाजका पूर्वअध्यक्ष मंगल महर्जन, पूर्वसांसद राजकाजी महर्जन र सरोज डंगोलकोे नाम चर्चामा छ । राप्रपाबाट भने नरेश श्रेष्ठको नाम अघि देखिएको छ । ललितपुरको दोस्रो ठूलो र उपत्यकाकै प्राकृतिक स्रोतले भरिपूर्ण गोदावरी नगरपालिकामा सबै दलका धेरै नेताको टक्कर पर्ने देखिन्छ । नेपाली कांग्रेसबाट गजेन्द्र महर्जन, मीनकृष्ण महर्जन, पुरुषोत्तम सिल्वाल, दिलीप कर्माचार्य दौडमा छन् ।
एमालेका धेरै नेता भएको यो क्षेत्रबाट जिल्ला कमिटी उपाध्यक्ष श्यामकृष्ण सिल्वाल, सचिवालय सदस्य पुरुषोत्तम आचार्य, १ नं। क्षेत्रका पूर्वअध्यक्ष चेतनाथ सञ्जेल, ३ नं क्षेत्रीय कमिटी अध्यक्ष रघुनाथ महर्जन, शिक्षा तथा मानवस्रोत केन्द्रीय विभागका सदस्य शिवराज सञ्जेलको चर्चा छ । यहाँ राप्रपाबाट कृष्ण देशार र कपिल थापा लाइनमा छन् । माओवादी केन्द्रका तर्फबाट न्हुच्छे महर्जन र श्रीगोविन्द महर्जनको नाम बजारमा छ ।
यस्तै, ६२ हजार १ सय ७२ जनसंख्या रहेको महालक्ष्मी नगरपालिकामा कांग्रेसबाट दिवाकर सिल्वाल, पवनविक्रम थापा र गणेश सिल्वालको चर्चा छ । एमालेबाट जिल्ला सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख हरिगोविन्द श्रेष्ठ, सचिवालय सदस्य तथा २ नं.क्षेत्रका इञ्चार्ज चिरञ्जीवी आचार्य, सचिवालय सदस्य रामेश्वर श्रेष्ठ, इमाडोलका पूर्वअध्यक्ष किशोर केसी, केन्द्रीय उपभोक्ता हित तथा सुशासन विभाग सचिव सूर्यबहादुर थापा दौडमा छन् ।
राप्रपाबाट आनन्द अधिकारीको नाम आएको छ भने माओवादी केन्द्रका तर्फबाट शिव कट्टेलले रहर देखाएका छन् । राजनीतिक लडाइँको शक्तिकेन्द्रका रूपमा मानिने दक्षिणी भेगमा ३ गाउँपालिका छन् । तामाङहरूको खास पहिचान क्षेत्र मानिएको कोन्ज्योसोम गाउँपालिकामा एमालेका तर्फबाट जिल्ला उपसचिव कृष्णमान लामा कस्सिएका छन् । कांग्रेसमा सानुकान्छा मोक्तान र राजन घिमिरे तथा माओवादीमा गोपी तामाङको चर्चा छ ।
पूर्वी–उत्तरक्षेत्रको महाँकाल गाउँपालिकामा कांग्रेसका जिल्ला सचिव भीमसेन घिमिरे, १ नं क्षेत्रीय अध्यक्ष ऋषिदेव फुयाँल, महासमिति सदस्य गणेश केसी र ऋषिराम घिमिरे चर्चामा छन् । माओवादीबाट बुद्ध नेगी र पिपी आचार्य तथा राप्रपाबाट गणेश चौरेल र माधव घिमिरेको नाम छ । एमालेबाट सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख रामचन्द्र दाहाल, जिल्ला प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिना, पूर्वजिल्ला कमिटी सदस्य उमेश शर्मा र पूर्व क्षेत्रीय कमिटी सदस्य नवराज महत भिडेका छन् ।
बाग्मती गाउँपालिकामा कांग्रेस जिल्ला कमिटीका पूर्वसचिव रविन्स शर्मा र वीरबहादुर लामाको नाम चर्चामा छ । एमालेका दुर्गा घिमिरे र राजकुमार दर्लामी उस्तै दाबेदार छन् । यस्तै, जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल कांग्रेसबाट र गैसस महासंघका अध्यक्ष रामहरि घिमिरे एमालेबाट सम्भावित हुन् । माओवादीबाट राम आचार्य, राजु आलेमगर र महेन्द्र घिमिरे दौडमा छन् ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












