साहित्यप्रति प्रवासी नेपालीहरुको रुचि बढ्दो छ : उपन्यासकार नेपाल

बसन्त नेपाल नेपाली साहित्यमा उदाउँदै गरेका एक प्रतिभावान व्यक्ति हुन् । बाल्यवस्थादेखि साहित्य सिर्जनामा रमाउँदै आएका उनी अहिले उपन्यासकारका रुपमा चिनिन्छन् । ‘उल्कापात’ उपन्यास लिएर साहित्यमा प्रवेश गरेका बसन्त पुनः दोस्रो कृति ‘भुमरी’ का साथ साहित्यिक बजारमा आउने तयारीमा छन् ।
काभ्रे मण्डन चण्डेनीमा जन्मिएका बसन्त पेसाले पत्रकार हुन् । पत्रकारिता र साहित्यलाई एकसाथ अघि बढाएका बसन्त नेपाल प्रवासी पत्रकारका रुपमा ज्यादा परिचित छन् । प्रवासी नेपालीहरुका बिषयमा एक दशकदेखि निरन्तर कलम चलाउँदै आएका बसन्तसँग केदारनाथ नेपाल ‘निश्चल’ले गरेको कुराकानीको सम्पादित अंश :
प्रवासी नेपालीहरुमा तपाईं कसरी चिनिनुभयो ?
जन्मभूमि नेपाल हो भने केहि बर्ष अघिदेखि मैले कर्मभूमि ओमनलाई बनाउँदै आएको छु । प्रवास अब पहिलाको जस्तो रहेन । नेपालीहरुको संख्या व्यापक भएकोले प्रवासलाई अर्को नेपाल भन्दा फरक नपर्ने भईसकेको छ । प्रवासमा पत्रकारिता फस्टाउँदो छ । प्रवासी नेपाली र उनिहरुका बिषयमा कलम चलाउँदा चलाउँदै साहित्यमा पनि मेरो रस पस्यो र कलम चलाउँन थाले । कथाहरु र अखबारी लेख लेख्दा लेख्दै उपन्यासतिर मन गयो । मेरो पहिलो कृति उपन्यास उल्कापात हो । यसमा वैदेशिक रोजगारीको विषय उठाएको छु ।
उपन्यास ‘भुमरी’ बजारमा आउँदै छ, यो कस्तो उपन्यास हो ?
वैदेशिक रोजगार, भूकम्प र प्रेमलाई चिराफार गरीएको उपन्यास हो भुमरी । जनयुद्धकालमा पति गुमाएका आमाहरु, भूकम्पले धुरुधुरु रुवाइएकाहरु अनि खाडीमा कार्यरत नेपालीहरुलाई यो उपन्यास पठनीय हुनेमा विश्वस्त छु ।
प्रवासमा वसेर लेखन कार्यलाई कसरी अघि बढाउनुभयो ?
हेर्नोस्, समयको सदुपयोग गर्दै दृढ अठोट लिएर कर्ममा विश्वास गर्ने हो भने सबै सम्भव हुन्छ । यो कुरा मै आफैंले बुझें । लेखन कार्य नसा जस्तै भयो र उपन्यासहरु निकाल्न सफल भएँ । प्रवासमा आफ्नो काम त भई हाल्छ, त्यसपछि बचेको केहि समय उपयोग गर्ने हो भने असम्भव छैन ।
प्रवासी नेपालीहरुको साहित्यमा रुचि कस्तो देख्नुभएको छ ?
सच्चा देशभक्त वास्तवमा प्रवासी नेपालीहरु नै हुन भन्न मलाई अप्ठ्यारो लाग्दैन । किनकी नेपालका हरेक क्षेत्रहरुमा प्रवासी नेपालीहरुले आआफ्नो तर्फबाट योगदान पु¥याउँदै आएका छन् । साहित्यको कुरा गर्नु पर्दा देशमा प्रकाशित सबै साहित्यिक पुस्तकहरु प्रवासमा पुगेका हुन्छन् । नेपाली साहित्यको विकास प्रवासमा तीव्र छ । प्रवासी नेपालीहरुले गर्दा नै कतिपय साहित्यकारहरुले आफ्नो लगानी उठाउन सफल भएको अवस्था छ । प्रवासी नेपालीहरुको साहित्यप्रति रुचि बढ्दो छ ।
पहिलो उपन्यासबाट कस्ता प्रतिक्रिया पाउनुभयो ?
नेपाली साहित्यमा यति धेरै विकृति छ होला जस्तो मलाई लागेको थिएन । जसले पैसा फाल्यो ऊ एकाएक हिट र राम्रो लेखक । मिडियाहरु पनि पैसामा विकेकाले अलि समस्या कि भन्ने लाग्छ । मेरो पहिलो उपन्यास ‘उल्कापात’ वैदेशिक रोजगारमा आधारित भएको हुनाले खाडीमा बढी पढियो । खाडीमा हरेक नेपालीहरुको मन छुने पुस्तक हो उल्कापात । पाठकहरुबाट सकारात्मक प्रतिक्रिया पाएको थिएँ । सोही कारण दोस्रो पुस्तक लेख्ने हौसला मिल्यो ।
बजारमा आउँदै गरेको दोस्रो कृतिबाट कस्तो अपेक्षा राख्नुभएको छ ?
पहिलोको उपन्यास भन्दा यो अलि रसिलो छ भन्ने मैले ठानेको छु । यसको बिक्रिवितरण व्यापक हुने अनुमान छ । किनकी यसले सबै बिषयलाई छोएको छ । सरल भाषामा लेखिएको छ ।
तपाईं प्रवासमा कार्यरत मान्छे, नेपालमा भूकम्प आउँदा प्रवासमै रहनु
भयो । कतै, भूकम्पको बिषयलाई काल्पनिक रुपमा त उठान गर्नुभएको छैन ?
म स्वयम् भूकम्प पीडीत हुँ । भूकम्प पश्चात् म नेपाल आएँ । देशका भूकम्प पीडीतका धेरै टहराहरुको भ्रमण गरेको छु । पीडितसँग प्रत्यक्ष कुराकानी गरेको छु । उनीहरुको सुखदुःख सातासाट गरेको छु । र, पीडितका भोगाइलाई उपन्यासमा काल्पनिक पात्र बनाई उल्लेख गरेको छु । उपन्यासमा पात्रहरुले पोखेका पीडाहरु यथार्थ रुपमा चित्रण गरेको छु ।
पछिले समय पुस्तक प्रकाशन गर्ने लहर चलेको हो ?
पुस्तक निकाल्नु ऋणमा डुब्नु हो भन्ने भनाई अझै पनि छ । धेरै पुस्तक अनलाइनमा पढ्न पाईन्छ । अनलाइन सुविधा भएकाले पुस्तक बिक्रि गर्न गाह्रो छ । तैपनि उपन्यासहरु बजारमा आएकै छन् । प्रकाशन गृहले लेखकहरुसँग पैसा लिएर पुस्तकको क्वालीटी नहेरी प्रकाशन गर्छन् भन्ने समस्या म आफैले सुन्दै आएको छु ।
अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?
देश विदेशमा कार्यरत नेपालीहरुलाई आफ्नो बिचार राख्ने अवसर दिनु भएकोमा तपाईं लगायत तपाईको मिडीया टिमप्रति सधै आभारी छु । मिहिनेत ग¥यो भने प्रवासमा पनि धेरै अवसरहरु छन् । इच्छाशक्ति भएमा समयले कसैलाई रोक्दैन । छोटो समयलाई सदुपयोग गरेर नै मैले दोस्रो पुस्तक बजारमा ल्याउन लागेको हुँ । अनावश्यक कुलतमा नलागी समयको सदुपयोग गरेर सिर्जनात्मक काममा लाग्न सम्पूर्ण प्रवासी नेपालीहरुमा मेरो अनुरोध छ । चालिस लाख नेपालीहरु, तीन लाख टहरावासीहरु अनि प्रेममा फूल्दै गरेका सयौं युवापुस्तालाई मेरो वजारमा आउँदै गरेको उपन्यास ‘भुमरी’ पढिदिनु हुन अनुरोध गर्दछु । यस उपन्यासले तपाईंहरुको मन पक्कै छुने मैले अपेक्षा राखेको छु ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












