महान्यायाधिवक्ता श्रेष्ठले नै गरेनन् सर्वोच्चको आदेश पालना
काठमाडौं २८ चैत । महान्यायाधिवक्ताले नै सर्वोच्च अदालतको आदेश पालना नगरेको भन्दै सरकारी वकिल टेकबहादुर घिमिरेले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ विरुद्ध अवहेलना मुद्दा दायर गर्ने बताएका छन् ।
कानून भन्दा माथि कोही छैन । महान्यायधिवक्ता रमण श्रेष्ठले कानूनी राज्यको उपहास गरेको भन्दै सहमहान्यायाधिवक्ता समेत रहेका घिमिरेले महान्यायाधिवक्ता श्रेष्ठविरुद्ध अवहेलना मुद्दा हाल्न लागेको बताएका हुन् ।
नेपाल सरकारको गत फागुन २५ गतेको निर्णय अनुसार निलम्बनमा परेका सहमहान्यायाधिवक्ता घिमिरेलाई अर्को आदेश नभएसम्म उनको निलम्बनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले चैत २० गते अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले त्यस्तो आदेश दिएको हो ।
सर्वोच्चले घिमिरेको निवेदनमाथि बुधबार पेशी तोकी दुवै पक्षलाई छलफलमा झिकाएको छ । घिमिरेलाई न्याय सेवा आयोगको सिफारिसबमोजिम निलम्बन गर्नुपर्नेमा त्यस्तो नभएको देखिएको भन्दै अदालतले दुवै पक्षलाई छलफलका लागि चैत ३० गते झिकाएको हो ।
अदालतको अन्तरिम आदेश लिएर हाजिर हुन महान्यायाधिवक्ताको कार्यालय पुगेका सहमहान्यायाधिवक्ता घिमिरेलाई महान्यायाधिक्ता श्रेष्ठले हाजिर नगराएपछि आफू अवहेलना मुद्दामा जान बाध्य भएको घिमिरेले बताए ।
महान्यायाधिवक्ता श्रेष्ठले आफूमाथि व्यक्तिगत पूर्वाग्रह साँधेको आरोप लगाए ।
महान्यायाधिवक्ता श्रेष्ठले भने अन्तरिम आदेश निरन्तर नहुन सक्ने भन्दै ३० गतेसम्म घिमिरेलाई हाजिर नगर्ने अडान राखेका छन् ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











