गृहमन्त्री निधि हिस्स,दोस्रो वरियतामा कमल थापा नै
काठमाडौं । उपप्रधानमन्त्रीको वरियता बिवादका कारण लामो समयदेखि मन्त्रीपरिषद् वैठक बस्न सकेको छैन । बस्ने बनेर पटक-पटक मिति तोके पनि सोही कारण स्थगित हुने गरेको छ । मन्त्रीपरिषद् वैठक नवस्दा स्थानीय निर्वाचनको मुखमा महत्वपूर्ण निर्णहरु हुन सकेका छैनन् । उपप्रधानमन्त्री द्वय कमल थापा र विमलेन्द्र निधीबीचको विवाद कायम नै छ । जसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मिलाउन सकिरहेका छैनन् ।
वरियता विदादकै कारण पदबाट राजीनामा दिने बताइरहेका गृहमन्त्री निधिले अब राजीनामा भने नदिने भएका छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले फकाएपछि निधिले सो मनस्थिति बनाएका हुने । तर, अबका मन्त्रिपरिषद् बैठकहरुमा पनि निधि सहभागी नहुने भएका छन् । राप्रपा अध्यक्ष कमल थापा सरकारमा आएपछि र थापाले पनि दोस्रो वरियता माग गरेपछि मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको हो ।
उपप्रधानमन्त्रीको वरिष्ठता विवादका कारण अवरुद्ध हुँदै आएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दैछ । तर, गृहमन्त्री निधी भने सहभागी हुने छैनन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार आजको बैठकले उपप्रधान तथा स्थानीय विकासमन्त्री थापालाई सरकारमा दोस्रो वरियता दिने पक्का जस्तै छ ।
निधिले पनि दोस्रो वरियता दाबी गर्दै आएका छन् । थापा मन्त्री हुनुअघिसम्म प्रचण्ड सरकारमा उनी नै दोस्रो वरियतामा थिए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












