घोकन्ते होइन,अनुसन्धानपरक शिक्षा दिन्छौं : टीकाराम पुरी, प्रिन्सिपल एभरेष्ट हाइयर सेकेन्डरी बोर्डिङ स्कुल, विराटनगर

पूर्वाञ्चलकै उत्कृष्ट र देशकै टपटेन उत्कृष्ट उच्च माविमा पर्छ– विराटनगरस्थित एभरेष्ट हाइयर सेकेन्डरी बोर्डिङ स्कुल । २०५० सालमा स्थापना भएको यस स्कुलले छोटो समयमै हासिल गरेको सफलताका पछाडि यसका सञ्चालकको मिहिनेत र क्षमता मात्र होइन, शिक्षक, कर्मचारी र विद्यार्थीको सामूहिक हात छ । २०५७ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सहभागी गराउँदै आएको यस विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याएर अभिभावकको मन जितिरहेको छ ।

२०६८ सालमा पूर्वाञ्चल फस्ट र नेपालकै सेकेन्ड भएर तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईबाट नगद १ लाख, शिल्ड र राष्ट्रिय झन्डा पुरस्कार प्राप्त गरेको यस विद्यालयले २०७० सालमा पनि पूर्वाञ्चल फस्ट भएर पुरस्कार प्राप्त गरेको थियो । एसएलसीमा निरन्तर उच्च नतिजा ल्याएकै कारण मेडिकल, इन्जिनियरिङ क्षेत्रमा यहाँबाट उत्तीर्ण विद्यार्थीले सहजै प्रवेश पाइरहेका छन् । २०७३ मा कक्षा ११ को परीक्षामा म्यानेजमेन्टकी छात्रा सुनिधि केसी ८७.०१ प्रतिशत अंक ल्याएर नेपाल प्रथम भइन् भने अनिश भण्डारी ८८.८ प्रतिशत ल्याएर पूर्वाञ्चल फस्ट हुन सफल भए । यसपालि १२४ जनाले एससिई परीक्षा दिएका छन् ।
यसरी निरन्तर उत्कृष्ट नतिजा ल्याउनुको खास कारण विद्यालयको पूर्वाधार, शिक्षकको छनोट, विद्यालयको शैक्षिक कार्यक्रम र शिक्षक कर्मचारीहरुको उचित व्यवस्थापन नै प्रमुख रुपमा देखिन्छ । त्यसबाहेक अनुसन्धानमूलक शिक्षण र सिकाइ विधिले सफलता पाएको बताउनुहुन्छ, यस विद्यालयका प्रिन्सिपल टीकाराम पुरी । ‘यो भन्दा अझ राम्रो ढंगले जान सकियोस् भनेर हामीले शिक्षकहरुलाई १२ महिना तालिमको कार्यक्रम चलाइरहेका छौं ।’ उनका अनुसार यो विद्यालय अहिले पूर्वाञ्चलको त उत्कृष्ट छँदैछ, नेपालकै १० उत्कृष्ट विद्यालयमा पर्छ । प्रस्तुत छः उहाँसँगको छोटो कुराकानी :

निजी विद्यालयहरुमा घोकन्ते शिक्षा छ, व्यावहारिक शिक्षा कम छ भन्ने आरोप छ नि ?
सत्य हो तर अहिले त्यस्तो छैन । पहिला जुन घोकाउने विधि थियो, त्यो हामीले परिवर्तन गरिसकेका छौं । अहिलेको समयमा खोज अनुसन्धानमूलक र प्रयोगात्मक शिक्षा आवश्यक छ । त्यसका लागि हामीले १२ रै महिना शिक्षकलाई तालिम दिइरहेका छांै । हामीकहाँ प्रविधिको अधिकतम प्रयोग गरेर क्लास चलाएको छ । साइन्स मात्र नभएर अन्य किसिमका ल्याब पनि छन् । विद्यार्थीको शिक्षालाई उनीहरुको व्यावहारिक शिक्षासँग जोड्न खोजेका छौं । हामीले स्रोत र साधनले भ्याएसम्म प्रयोगात्मक विधिद्धारा विद्यर्थीलाई पठनपाठन गराउनुपर्छ भन्नेमै ध्यान दिइरहेका छौं ।
विराटनगर पूर्वाञ्चल र १ नं प्रदेशकै शैक्षिक हब बन्न खोज्दैछ, त्यसमा एभरेष्ट स्कुलले के योगदान गरेको छ ?
एभरेष्ट स्कुलले भौतिक पूर्वाधार विकासदेखि नयाँ किसिमका उचित शिक्षण विधि, नयाँ प्रविधि र खासमा परियोजनामा आधारित शिक्षण विधि अपनाइरहेको छ । यो विधि नै अहिले विद्यार्थी र अभिभावकको रोजाइ बनेको छ । त्यसैले अन्य विद्यालयलाई पनि हामीले अपनाएका विधि अवलम्बन गर्न कर लाग्छ र सबैले विकास गर्दै जानेक्रममा एउटा प्रतिस्पर्धाको सुरुवात भएको छ । शैक्षिक हब बनाउन राम्रा विद्यालयले भूमिका खेलेको हुन्छ नै । त्यसमा एभरेष्ट पनि पर्छ ।

२०७४ सालका लागि नयाँ भर्ना सुरु हुँदैछ । राम्रो विद्यालयको खोजीमा रहेका विद्यार्थीले के आधारमा यो स्कुल रोज्ने ?
अहिले हामीले तीन कुरामा ध्यान दिएका छौं । पहिलो, सकेसम्म प्रयोगात्मक विधिद्धारा पठनपाठन गराउने । दोस्रो, प्रयोगात्मक विधिद्धारा विद्यार्थीको सिर्जनात्मक कुरामा विकास गराउने । तेस्रो, नैतिक शिक्षाको माध्यमबाट। पठनपाठनसँगै हामी विद्यार्थीलाई नैतिक कुरा सिकाउँछौं ।
निजी विद्यालयहरुले धेरै शुल्क लिन्छन् भन्ने अभिभावकहरुको गुनासो छ । यस स्कुलमा शुल्कचाहिँ के कस्तो छ ?
हाम्रो विद्ययालय पठनपाठनका हिसाबले सबैभन्दा उत्कृष्ट भए पनि शुल्कको कुरामा चाहिँ तेस्रो÷चौथो नम्बरमा आउँछ । मध्यम वर्गका विद्यार्थी यस विद्यालयमा पढ्न सक्छन् ।
आगामी योजना के-के छन् त ?
प्रयोगात्मक हिसाबले अहिलेसम्म कक्षा १२ सम्म शिक्षा दिँदै आएका छौं । अब हाम्रो कार्यक्रम भनेको मन्टेसोरी–मास्टर्स हो । हामी क्रमशः स्नातकोत्तर लेबलमा पनि जान चाहन्छौँ । त्यो सँगसँगै सुविधासम्पन्न खेलमैदानको पनि खोजीमा छौं ।
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












