राजनीतिक दल र उम्मेदवारसँग कुनै साँठगाँठ नगर्नुस् : प्रमुख निर्वाचन आयुक्त
काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आज एकैसाथ निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षण तालिम सुरु भएको छ ।
निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय, सरकारी वकिल र प्रशासन सेवाका उपसचिवलाई निर्वाचन अधिकृतमा तोकेको छ ।
मुख्य निर्वाचन अधिकृत ७५ तथा ६६९ जना निर्वाचन अधिकृतका लागि विराटनगर, सिन्धुली, धुलिखेल, पोखरा, हेटौँडा, सुर्खेत र धनगढीमा बेग्लाबेग्लै रुपमा दुईदिने प्रशिक्षण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रशिक्षणपछि मुख्य निर्वाचन र निर्वाचन अधिकृतले मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४२ हजारलाई यस्तैखाले प्रशिक्षण तालिम प्रदान गर्नेछन् ।
नेपालको संविधानअनुरुप स्थानीय सरकार निर्माणका लागि हुन लागेको पहिलो निर्वाचन मुलुकका चार महानगरपालिका, १३ उपनगरपालिका, २४६ नगरपालिका तथा ४८१ गाउँपालिकामा एउटै समयमा एकैचरणमा हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उक्त प्रशिक्षण तालिममा सोमबार धुलिखेलमा उद्घाटन गर्दै समग्र मुलुक निर्वाचनमय बन्दै गएको बताए ।
उनले भने, “राजनीतिक असन्तुलनको वातावरण सन्तुलित हुँदै गएको छ, मुलुकभर शान्ति सुरक्षाको वातावरण अनुकूल नै छ, त्यसैले निर्वाचनमा खटिने कर्मचारी र मतदाताले डराउनुपर्ने अवस्था छैन ।”
निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचनको जिम्मेवारी पूरा गर्न तटस्थ रहेर काम गर्न निर्देशन दिँदै उनले भने, “कुनै पनि उम्मेदवार र राजनीतिक दलसँग अब साँठगाँठ नगर्नुहोला, निर्वाचनका लागि जारी भएको आचारसंहिताको परिधिमा कर्तव्यपालन गर्नुहोला ।ुु
निर्वाचनको सन्दर्भमा वैदेशिक सहयोगको निर्भरतालाई कम गर्दै आन्तरिक खर्च व्यवस्थापनमा मितव्ययी गर्ने आयोगको स्पष्ट नीति रहेको बताउँदै प्रमुख आयुक्त डा यादवले संविधान कार्यान्वयको पहिलो खुड्किलोका रुपमा रहेको स्थानीय तहको निर्वाचनमा मतदान गरेर लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई स्थायित्व प्रदान र सुदृढ तुल्याउने अभियानमा जुट्न आह्वान गरे ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले स्थानीय सरकार गठनका लागि हुन लागेको निर्वाचनमा एकमतको महत्वबारे जिल्लाका मतदातालाई प्रशिक्षित तुल्याउने काम भइरहेको जनाउँदै यो निर्वाचनलाई गाउँमा राजनीतिक दलका उम्मेदवारबीच इज्जत र प्रतिष्ठाको लडाइँका रुपमा हेरिने भएकाले त्यसैअनुरुपको सुरक्षा व्यवस्था मिलाइनेछ बताए ।
उच्च सरकारी वकिल कार्यालय पाटनका सह–न्यायाधीवक्ता नारायणप्रसाद पौडेलले निर्वाचनमा खटिने कर्मचारीको निष्पक्षताले निर्वाचन आयोगको निष्पक्षताको प्रतिविम्ब गर्ने भएकाले राज्यले सुम्पिएको जिम्मेवारीलाई सहज रुपमा स्वीकारेर निर्वाचनको महाअभियानमा समाहित हुन आग्रह गरे ।
निर्वाचन आयोगका सहसचिव नवराज ढकालले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्रको काम कार्यतालिकाअनुसार नै घनिभूतरुपमा अघि बढिरहेको जानकारी दिए ।
उक्त तालिममा यस क्षेत्रका दोलखा, रामेछाप, काभ्रे, रसुवा, नुवाकोट, रसुवा, धादिङ, रौतहट, ललितपुर र काठमाडौं जिल्लाका १०९ जनाको सहभागिता छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












