संशोधन विधेयक सहमतिमा पारित हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन प्रतिपक्षसँग पर्याप्त छलफल गरेर ल्याइएको संविधान संशोधन विधेयक सबैको सहमतिमा पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्, सुशासन समितिको आजको बैठकमा उहाँले सिङ्गो राष्ट्रलाई निर्वाचनमा लैजान प्रतिपक्ष र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरेर तयार गरिएको विधेयकमा दलबीच सहमति र समझदारी हुने बताउनुभयो ।
स्थानीय तहको निर्वाचन वैशाख ३१ गते नै हुन्छ कि हुँदैन भनेर अब पनि द्विविधामा नबस्न राजनीतिक दल र मतदातालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “हिमाल, पहाड र तराईमा उठेका भावनालाई सम्बोधन गरेर निर्वाचनमा जाने सन्दर्भमा ३१ गतेको निर्वाचनलाई केन्द्रमा राखेर स्थानविशेषमा केही दिनभित्रै दुई चरणमा पनि गर्न सकिन्छ ।”
अर्काे प्रसङ्गमा उहाँले कार्य मूल्याङ्कनलाई वैज्ञानिक, पारदर्शी र वस्तुवादी बनाई अदालतको आदेशलाई सम्मान गर्दै कार्यकारी अधिकारको समेत रक्षा गर्दै नेपाल प्रहरीको महानिरीक्षकको नियुक्ति गरिएको हुँदा यो सुशासनको नमुनाको घटनाका रुपमा रहने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो – “विगतमा राजनीतिक चलखेल अलि बढी नै हुने गरेकाले यो पटक प्रहरी प्रमुखको नियुक्ति विवादरहित ढङ्गले गर्छु भन्ने थियो, तर त्यसो हुन सकेन, कानुन र गृह मन्त्रालयका सचिव, महान्याधिवक्ता र निमित्त प्रहरी प्रमुख रहेको समितिको उपस्थितिमा जोडिएको चार वर्षको कार्यसम्पादन मूल्याङ्कनका आधारमा नियुक्ति भएको छ, सुशासन कायम गर्ने सन्दर्भमा यो ठूलो फड्को हो ।”
राजनीतिक सहमतिका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको नियुक्तिका लागि अन्तिम तयारी भइरहेको बताउँदै प्रधानमन्त्री दाहालले विगतमा प्रमुखको नियुक्ति हुँदा व्यक्तिविशेषको गुण र दोष नहेरी तत्कालीन अवस्थामा संविधानसभाको निर्वाचनको वातावरण बनोस् भन्ने पाटोलाई हेरिएको थियो, अराजक र गैरजिम्मेवार हुने, आफ्नो हैसियत बिर्सेर काम गर्दा गर्नेलाई राज्यले छोड्दोरहेनछ भन्ने सन्देश प्रमुखविरुद्धको महाभियोग र अदालतको आदेशले पुष्ट्याइँ गरेको छ भन्नुभयो ।
राष्ट्रिय गौरवका द्रुतमार्ग, मेलम्ची खानेपानी, सिँचाइ तथा विद्युत् आयोजनालाई गति दिन निकै मेहनत भइरहेको बताउँदै प्रधानमन्त्रीले पुँजीगत खर्च ८० प्रतिशत पु¥याउने गरी काम भइरहेको जानकारी दिनुभयो । सरकारले आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन प्रयत्न गरिरहेको पनि उहाँले बताउनुभयो ।
बैठकमा यसअघि सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको नियुक्तिमा भइरहेको ढिलाइ, काठमाडौँमा देखिएको धुवाँधुलोको समस्या तथा भ्रष्टाचार, अनियमितता, पुनःनिर्माणमा भइरहेको ढिलाइबारे जिज्ञासा राख्नुभएको थियो । रासस
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












