डा.भट्टराईलाई नेता मान्न यादव तयार,यस्ता छन् पार्टी एकताका आधार
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी कुनै अवरोध नआए नयाँ वर्षको पहिलो साता एकता घोषणा हुने वताईएको छ ।
नयाँ शक्ति नेताहरुका अनुसार एकतापछि पार्टीको नेतृत्वबारे पनि मोटामोटी सहमति भएको छ । भट्टराईको नेतृत्व स्वीकार गर्दै एकतामा आउन संघीय समाजवादी फोरमका अध्यक्ष यादव तयार भएका छन् । एक नेताले भने, दुबै नेताले नयाँ शक्तिको आवश्यकता स्वीकार गर्नुभएको छ, त्यसैले दुबै नेता ठूलो हुने गरी एकता हुन्छ ।’
अब नयाँ शक्तिसँग एकता गर्दा भट्टराई संयोजक भए यादव सहअध्यक्ष वा वरिष्ठ नेता एवं संसदीय दलको नेता हुनेछन् । त्यस्तो अवस्थामा राई र श्रेष्ठलाई कुन पद दिने भन्ने टुंगो लागेको छैन ।
नयाँ शक्तिले खसआर्य, मधेसी र जनजाति गरी तीन क्लस्टरको अवधारणा अघि सारेको छ । यस आधारमा उपेन्द्र यादव मधेसी र अशोक राई जनजाति क्लस्टरबाट सहअध्यक्ष हुन सक्छन् । तर, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिका रामचन्द्र झालाई के जिम्मेवारी दिने भन्ने प्रश्न छ ।
अब पार्टी एकतापछि संविधान मानेर स्थानीय चुनावमा जाने कि आन्दोलनमा जाने भन्ने प्रश्न हल हुन बाँकी रहेको नेताचहरुले बताएका छन् ।
http://news-nepal.com/%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%B6%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF-%E0%A4%B0-%E0%A4%AB%E0%A5%8B%E0%A4%B0%E0%A4%AE%E0%A4%AC%E0%A5%80%E0%A4%9A-%E0%A4%8F%E0%A4%95%E0%A4%A4%E0%A4%BE/
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान
काठमाडौं । काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...












