गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा सतर्कता बढाइयो
चितवन, ३१ चैत । शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँंडा मारिएपछि नयाँ रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विगतमा पनि यसै समयमा गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा योजना महाहन्ट चलिरहेका बेला यही चैत २५ गतेराति जगतपुरको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैँडा सिकारीले मारेका थिए ।
आउँदो वैशाख २० गते शून्य चोरी सिकारको तीन वर्ष पुग्दै थियो । २०७१ वैशाख १९ गते अहिले गैँंडा मारिएको क्षेत्रबाट एक किलोमिटरको दुरीमापर्ने ध्रुव घाटमा गैंँडा मारिएको थियो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार रात्रिकालीन गस्तीमा जोड दिइएको छ । यसअघि चारवटा गाडीले रात्रिकालीन गस्ती गर्दै आएकोमा पाँचवटा थप गरी नौवटा गाडी परिचालन गरिएको छ ।
तीनवटा सुरक्षा वेसक्याम्प थप गरिएको छ । अर्यालका अनुसार ५७ वटा स्थायी पोस्टबाट सुरक्षा वेसक्याम्प परिचालन हुनेगर्दछ । निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति माधव थापाकाअनुसार अरु थप तीन वेसक्याम्पका लागि अन्य गणबाट थप सेनाको जनशक्ति झिकाइएको छ । रात्रिकालीन रुपमा मात्रै रहने ३५ वटा वेसक्याम्पलाई बढाएर ४१ पु¥याइएको बताउँदै उहाँले गैंँडाको आवतजावत र बस्ने स्थानमा रात्रिकालीन वेसक्याम्पलाई अरु बढी सशक्त रुपमा परिचालन गरिएको छ ।
निकुञ्जका सबै सेक्टरहरुमा मध्यवर्तीका उपभोक्ता, समुदायमा आधारित चोरी सिकार युवाजागरण लगायतसँग निरन्तर छलफल कार्यक्रम सुरु गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रलाई यो समयमा सम्वेदनशिल क्षेत्रको रुपमा लिईने गरिन्छ । यतिवेला गैंडा चर्नका लागि जाने ठाउँहरु उजाड हुने हुदाँ टाढैबाट गैंडा देखिन्छ । विगतको तथ्याङ्कलाई हेर्नेहो भने चैत्र १ गतेबाट जेठ मसान्त सम्ममा तस्करले ६० प्रतिशत गैंडा मारेको देखिन्छ । तस्करले गैंडा मारेपछि सिआईविको टोलीले अहिले पनि अनुसन्धान जारी राखेको छ ।
सुचना दिनेलाई ५ लाख पुरस्कार
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत जगतपुरको हरीयाली मध्यवर्ति सामुदायिक वनमा चैत्र २५ गते राति गैंडामार्ने तस्करका बारेमा सुचना दिनेलाई ५ लाख रुपैंया पुरस्कार दिईने भएको छ । निकुञ्जका सुचना अधिकारी अर्यालका अनुसार प्रयोग गरेको हतियार, खाग र संलग्न व्यक्तिका बारेमा सुराक दिनेलाई ५ लाख रुपैंया पुरस्कार दिने घोषणा गरिएको हो । रासस
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...












