महान्यायधिवक्ता श्रेष्ठविरुद्ध अवहेलना मुद्दा दायर
काठमाडौं । नेपाल सरकारका महान्यधिवक्ता रमण कुमार श्रेष्ठ विरुद्ध सर्वोच अदालतमा अवहेलना मुद्दा दायर भएको छ । अदालतको आदेश कार्यान्वयन नगरेको विषयमा (३० चैत) हिजो श्रेष्ठ विरुद्ध सहन्याधिवक्ता डा.टेकबहादुर घिमिरेले अवहेलना मुद्दा दायर गरेका हुन् ।
नेपाल सरकारले सहन्यायधिवक्ता डा. घिमीरेलाई फागुन २५ गते गरेको निलम्वनका विरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको सुनुवाइ गर्दै अदालतले निलम्वन कार्यान्वयन नगर्नु भन्ने अल्पकालिन आदेश चैत २० दिएको थियो । अल्पकालिन आदेश लिएर हाजिर हुन कार्यलय पुगेका डा.घिमीरेलाई महान्याधिवक्ता श्रेष्ठले चैत्र २९ गतेसम्म पनि हाजिर हुन नदिएपछि अदालतको अवहेलना सम्वन्धि मुद्दा लिएर उनी सर्वोच्च गएका हुन् ।
नेपालको संविधान घारा १५८ को उपधारा (६) को खण्ड (ख) ले मुद्दा मामिलाको बारेमा सर्वोच्च अदालतले गरेको कानूनको व्याख्या वा प्रतिपादन नगरेको कानूनी सिद्धान्तको कार्यान्वयन भए नभएको अनुगमन गर्ने वा गराउने दायित्व महान्यायधिवक्तालाई निरोपण गरिदिएको पाइन्छ । तर, महान्यायधिवक्ता श्रेष्ठले आफूलाई नेपालसरकारको मुख्य काननी सल्लाहाकार तथा राज्यको प्रथम कानुनी कार्यान्वयन अधिकारी भएर पनि निकृष्ठ माओवादी कर्यशैली भन्दा आफूलाई प्रस्तुत गर्न चाहेका छैनन् ।
महान्यायधिवक्ताद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गरी मातहतका सरकारी वकिलले गरेको अभियोजन निर्णयलाई व्यक्तिगत आक्रोश र वैचारिक पूर्वाग्राह स्वरुप कसैलाई काखा र कसैलाई पाखा गर्ने, राम्रो काम गर्नेलाई सुली हाल्ने र काम बिगार्नेलाई चौतारीमा राखिने गरेको छ । यसतो रवैयाको पछिल्लो उदाहरण हो सहन्यायधिवक्ता टेकबहादुर घिमिरेलाई महान्यायधिवक्ता श्रेष्ठकै बदनियतपूर्ण राजनीतिक भीटोको कारण निलम्बन गर्ने सरकारको निर्णय नेपालको संविधानसरकारी मुद्दा सम्बन्धी ऐन समेत प्रचलित नेपाल कानून र अभियोक्ताको व्यवसायिक उन्मुक्ति सम्बन्धी विश्वव्यापी मान्यतालाई नेपालको सर्वोच्च अदालतले समेत व्याख्या गरी स्वीकार गरेको नजिर सिद्धान्तको प्रतिफल हुने गरी जर्वजस्ती ठाडो प्रस्ताव लगेर डा. घिमिरेलाई महान्यायधिवक्ता श्रेष्ठले निलम्बन गराएका थिए ।
कानूनी र कार्यविधिगतबाट त्रुटि सहित गलत तरिकाले भएको आफ्नो निलम्वन सम्बन्धी सरकारको उत्प्रेषणको रोगद्वारा वदर गरिपाउँ र तत्काललाई अन्तरिम आदेशको माग सहित डा.घिमिरे मिति २०७८/१२/१६ मा सर्वोच्च अदालतको शरणमा पुगेका थिए । सर्वोच्चले ०६८/ १२/२० सहन्यायाधिवक्ता डा.घिमिरेलाई निलम्बन गर्ने तथा छानविन गर्ने सम्बन्धीत सरकारको उक्त निर्णय हाललाई कार्यान्वयन नगर्न नगराउनु भन्ने अल्पकालिन अन्तरिम आदेश आदेश जारी गरेको थियो । आदेशको व्यहोराबाट डा.घिमिरेको निलम्बन सम्बन्धी कारवाही तत्काललाई शुन्य अवस्थामा रहेको भन्ने स्पष्ट बुझिन्छ । तर, उक्त आदेश आफू समक्ष तामेल भइसकेर पनि महान्यायधिवक्ता श्रेष्ठले सहन्यायधिवक्ता डा.घिमिरेलाई हाजिर गर्न दिएनन् ।
फाइल तस्बिर
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












