आजदेखि ‘नो हर्न’ के कस्ता छन् त जरिवाना
काठमाडौं १ वैशाख । वैशाख १ गते नयाँ वर्षको दिनदेखि काठमाडौं उपत्यकामा सवारी साधनको हर्न बजाउन पाइने छैन।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा लगायत सरोकारवाला संघ–संस्थाको पहलमा वैशाख १ देखि हर्न बजाउन प्रतिबन्ध लगाइएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हर्न बजाउन पर्ने अवस्थामा मात्र बजाउन आदेश दिइएको छ । पहिलो मोडमा र दुर्घटना पर्न लागेको अवस्थामा र दोस्रो अर्कोतिरबाट आइरहेको गाडी नदेखिने मोड छ भने त्यस्तो ठाउँमा आफू आइरहेको पूर्व सुचना दिन हर्न बजाउन सकिन्छ ।
यी दुई अवस्थामा बाहेक हर्न बजाउने चालकलाई वैशाख १ देखि कारबाही गरिने डिआइजी मिड्मार लामाले बताए।
उनका अनुसार, पहिलोपटकमा ५ सय, दोस्रोपटक पनि हर्न बजाए १ हजार र तेस्रोपटक हर्न बजाएबापत १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ।
काठमाडौं उपत्यकामा अनावश्यक हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै ‘नो हर्न’ को व्यवस्था लागू गरिएको हो। डिआइजी लामाका अनुसार सहरी क्षेत्रभित्र अनावश्यक हर्न बजाउने प्रवृत्तिले कतिपयमा मानसिक समस्यासमेत उत्पन्न गरेको छ।
अहिले काठमाडौं उपत्यकामा सार्वजनिक सवारीले यात्रु बोलाउन, अगाडि रहेका गाडी हटाउन, ओभरटेक गर्न बढी हर्न बजाउने गर्छन्। मोटरसाइकल, स्कुटर चलाउनेहरूले साथी बोलाउन पनि हर्नकै प्रयोग गर्छन्। यी कारणले काठमाडौंको ध्वनि प्रदूषण उच्च रहेको लामाले जानकारी दिए।
‘साधारणतया ६० डेसिबल हुनुपर्नेमा काठमाडौं उपत्यकाको ध्वनि प्रदूषण ९५ डेसिबल छ। कोही बेला त यो ११० डेसिबलसम्म पुग्छ,’ उनले भने, ‘११० डेसिवल भनेको मानिसका लागि खतरापूर्ण हो।’
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












