अग्निपीडितलाई प्रशासनको राहत
इनरुवा, ४ वैशाख । जिल्ला प्रशासन कार्यालय सुनसरीले श्रीपुरका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ ।
आगालागीमा घरबार गुमाएका पीडित परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको हो ।
साविकको श्रीपुर गाविस रहेको हालको कोसी गाउँपालिका–५ का आगालागी पीडित ४२ परिवारलाई प्रशासनका तर्फबाट जनही रु पाँच हजारका दरले राहत रकम वितरण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
बिहीबार मध्याह्न आगलागी हुँदा ४२ परिवारका ६० बढी घरटहरा जलेर पूर्णरुपले नष्ट भएका थिए । आगलागीमा रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सुनसरी सदरमुकाम इनरुवामा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । १२ वटा स्थानीयतहको निर्वाचनलाई संयोजन गर्न सदरमुकाम इनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
इनरुवामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले इनरुवा नगरपालिकाको निर्वाचनको नेतृत्वसमेत गर्नेछ । मुख्य जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालालाई सुनसरीको मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
सुनसरीमा दुई उपमहानगरपालिकासहित चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । रासस
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...












