तरकारीबाटै आत्मनिर्भर
डडेल्धुरा, ५ वैशाख । पुरुषको आम्दानीमै भर पर्दै आएका अमरगढी नगरपालिका–७ पोखराका महिला आजभोलि तरकारीखेती गरी आफैँ आत्मनिर्भर बन्दै गएका छन् ।
यहाँका महिला तरकारीखेतीबाट वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । मनग्य आम्दानी हुन थालेपछि भट्गाउँ, सिरोला, जोशीगाउँ, भाटगाउँलगायतका महिला तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
अमरगढी–७ पोखराका अगुवा तरकारी व्यवसायी कौशिला भण्डारी सिमला, लौका, काँक्रा, तितेकरेला बिक्री गरी मासिक रु २० देखि रु ३० हजारसम्म आम्दानी गरिरहेको बताउछन् । यस्तै महादेव कृषक समूहका अध्यक्ष जानकी विक कैनी पनि तरकारीकै आम्दानीले परिवार पालिरहेको बताउछन् ।
आलु, काउली, फर्सी, प्याज, बन्दागोभी, सिमला, भिन्डी, काँक्रा, लौका, तितेकरेलातगायत तरकारीखेती गर्दै आएका उनीहरु अन्न बालीबाट वर्षको छ महिना पनि खान नपुग्ने भएकाले घर खर्चदेखि छोराछोरीको पढाइका लागि तरकारीखेतीको भर पर्नुपरिरहेको बताउछन् ।
यहाँका महिला अन्य व्यवसाय छोडेर जमिन भाडामा लिई तरकारीखेती गर्न थालेका छन् । साना सिँचाइ कार्यक्रम सुरु भएपछि तरकारीखेती गर्न सजिलो भएको उनीहरुको भनाइ छ । पोखरालगायत जिल्लाको विभिन्न क्षेत्रका कृषकलाई सिँचाइ तथा तरकारीमा प्राविधिक सहयोग दिइरहेको बहुउद्देश्यीय विकास समाजको अनुकूलन परियोजनाका कृषि प्राविधिक मुकेश साउदले जानकारी दिए ।
किसानलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए । रासस
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...












